नक्कली भुटानी शरणार्थी प्रकरण : निलम्बित सचिव पाण्डेको मुद्दामा कारण देखाऊ आदेश
मङ्गलबार, १५ माघ २०८१, १६ : ३०
काठमाडौँ । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सचिव टेकनाराण पाण्डेको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ।
न्यायाधीश कुमार चुडालको इजलासले सचिव पाण्डेको बन्दीप्रत्यक्षीकरण निवेदनमा पहिलो सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको हो ।
पाण्डे माघ ११ गते सर्वोच्च पुगेका थिए । उनको रिटमा पहिलो सुनुवाइ हुँदै छ । सुरुमा जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्लाले अधिकांश प्रतिवादीलाई थुनामा पठाउँदा निलम्बित सचिव पनि थुनामै गएका थिए । त्यसविरुद्ध उनी उच्च अदालत पाटन पुगेका थिए । पाटनले पनि जिल्लाकै आदेश सदर गरेपछि पाण्डे सर्वोच्च आएका हुन् । उनी पहिलो अभियोगपत्रका प्रतिवादी हुन् । सरकारले पहिलो अभियोगपत्रमा पूर्वमन्त्रीद्धय बालकृष्ण खाण, टोपबहादुर रायमाझीसहितलाई प्रतिवादी बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्ड्स र मोरक्कोबिचको खेलमा गोलको खडेरी
-
बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते
-
अफ सिजनमा गुलजार नेपाली पर्यटन : भारतीय पर्यटक तान्न केले गर्यो काम ?
-
नेदरल्यान्ड्स र मोरक्कोबिचको पहिलो हाफ गोलरहित बराबरी
-
खडेरीले बागलुङमा रोपाइँ प्रभावितः मध्य असारसम्म ३८ प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण