सुदूरपश्चिम अटोमोबाइल्स एसोसिएसनको अध्यक्षमा पुष्करराज निर्विरोध
काठमाडौँ । सुदूरपश्चिम अटोमोबाइल्स एसोसिएसनको अध्यक्षमा पुष्करराज ओझा निर्विरोध निर्वाचित भएका छन् । धनगढीमा सम्पन्न साधारण सभाले ओझाको नेतृत्वमा संघको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा श्याम जोशी, सचिवमा प्रजापति जोशी र कोषाध्यक्षमा स्मारिका बम निर्वाचित भए । सदस्यमा सुमन सैंजू, एलिस भण्डारी र दीपेन्द्र राना चयन भए । विनोद बलायरलाई समितिको सदस्यमा मनोनित गरिएको छ । सुदूरपश्चिम अटोमोबाइलस् एसोसिएसन सुदूरपश्चिम प्रदेश खेलकुद परिषदमा आवद्ध रहेकोे छ ।
कर्णाली प्रदेश खेलकुद परिषदका पूर्व सदस्यसचिव विश्वामित्र सञ्जेल र नेपाल अटोमोबाइल्स एसोसिएसन ट्रेनिङ तथा मार्शल कमिसनका सचिव आशिष रौनियारले नवनिर्वाचित पदाधिकारीलाई बधाई दिए । एफआईए वल्र्ड काउन्सिल मेम्बर गोविन्द भट्टराईले राष्ट्रिय संघ र अन्तर्राष्ट्रिय महासंघका क्यालेण्डरको बारेमा प्रकाश पारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिणी इरानका पुललाई निशाना बनाएर आक्रमण गरिरहेछ अमेरिका
-
मुख्यमन्त्रीमा जीवनबहादुर शाही प्रस्ताव, अरुमा कसरी हुन्छ ‘पावर सेयरिङ’ ?
-
‘अब फुटबलका लागि क्लब रोज्छु, प्रचारका लागि होइन’
-
एभरेस्ट अस्पताल र डा.ज्योत्सनाले ३९ लाख क्षतिपूर्ति दिनुपर्ने उपभोक्ता अदालतको फैसला
-
पाकिस्तानको सिन्धमा बालबालिकामा कसरी फैलियो एचआईभी संक्रमण ?
-
माइग्रेनको दुखाइ कम गर्न मद्दत गर्छन् यी खानेकुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण