४१ करोडको सुपारी आयात हुँदा ७७ करोड राजस्व संकलन
मङ्गलबार, १५ माघ २०८१, १७ : ४७
काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा ४१ करोड बराबरको सुपारी आयात हुँदा ७७ करोड राजस्व संकलन भएको छ । भन्सार विभागको तथ्यांकअनुसार ४१ करोड ८१ लाख ९३ हजार रुपैयाँ बराबरको ३१ लाख ६२ हजार २८ किलो सुपारी आयात भएको छ ।
उक्त सुपारी आयात हुँदा ७७ करोड ८० लाख ७२ हजार रुपैयाँ बराबर राजस्व संकलन भएको विभागले जनाएको छ । सुपारीको भन्सार महसुल प्रतिकिलो १०० रुपैयाँ अन्तशुल्क १०० रुपैयाँगरी आयात कर्ताले भन्सारमा प्रतिकिलो २०० रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था रहेको छ । जसका कारण आयात मूल्यभन्दा राजस्व संकलन बढी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण