फोटोफिचर
घरेलु फुटबलबाट पनि अनु लामाको सन्न्यास, तस्बिरहरू
बुधबार, १६ माघ २०८१, १६ : ३७

काठमाडौँ । राष्ट्रिय महिला फुटबल टोलीकी प्रभावशाली खेलाडी अनु लामाले घरेलु फुटबलबाट पनि सन्न्यास लिएकी छन् । बुधबार दशरथ रंगशालामा एन्फा महिला लिगको समाप्तिसँगै उनले घरेलु फुटबलबाट सन्न्यासको घोषणा गरेकी हुन् ।
घरेलु फुटबलबाट पनि उनको सन्न्यास सुखद रह्यो । उनले एपीएफ क्लबलाई एन्फा महिला लिगको उपाधि चुमाउँदै सन्न्यासको घोषणा गरेकी हुन् । एन्फा महिला लिगको फाइनलमा एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई ४–० गोलले हराउँदै उपाधि चुमेको थियो ।
अनु लामा राष्ट्रिय फुटबल टोलीकी पूर्वकप्तान हुन् । उनले राष्ट्रिय टोलीबाट भने यसअघि नै सन्न्यास लिइसकेकी थिइन् । महिला लिगको फाइनलपछि उनलाई च्याम्पियन टोली एपीएफका खेलाडीहरूले गार्ड अफ अनर पनि प्रदान गरेका थिए । उनले फाइनलमा एक गोल पनि गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिला राईको ‘उहिलेको माया’ सार्वजनिक
-
अमेरिकाले धेरै सहयोग गर्दैछः इजरायली प्रधानमन्त्री नेतन्याहु
-
हामी इरानको पक्षमा छौंः हिजबुल्लाह
-
विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा
-
राष्ट्रपति ट्रम्पमाथि विश्वास राख्नुस्: ह्वाइट हाउस प्रेस सचिव क्यारोलिन
-
इरान–इजरायल युद्धमा अमेरिका सहभागी हुने नहुने दुई सातामा निर्णय गर्दै ट्रम्प