‘एक्टर : टेक वान’को प्रदर्शन रोकिएपछि टिकटको पैसा फिर्ता
काठमाडौं । सहिद दिवसको अवसर पारेर बुधबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘एक्टरः टेक वान’ प्रदर्शन हुन सकेन । प्रदर्शन रोक्न अदालतको आदेशपछि फिल्म रोकिएको हो ।
फिल्मको प्रदर्शन रोकिएसँगै अग्रिम टिकट बुकिङ गरेका दर्शकको पैसा समेत फिर्ता गरिएको छ । मल्टिप्लेक्स चेन क्यूएफएक्सले टिकटको पैसा फिर्ता गर्ने बताएको छ ।
‘जिल्ला अदालतले जारी गरेको अन्तरिम आदेशका कारण र सम्बन्धित निकायबाट थप स्पष्टता नआएको अवस्थामा हामी एक्टरः टेक वान’को बिहान शोहरू प्रदर्शन गर्न असमर्थ हुने जानकारी गराउँदछौँ’, क्यूएफएक्सले सूचनामा भनेको छ, ‘निर्धारित शोटाइमका लागि सबै टिकटहरू पूर्ण रूपमा फिर्ता गरिनेछ । आवश्यक स्पष्टता प्राप्त भएपछि हामी शोहरू पुनः सञ्चालन गर्नेछौँ ।’ कसरी पैसा फिर्ता गर्ने त्यो भने बताइएको छैन ।
‘एक्टर’ फिल्मले नाममा विवाद झिक्दै ‘एक्टर टे वान’ विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा हालेपनि अदालतले फिल्मको प्रदर्शन रोकेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजारमा छ्याप्तीछ्याप्ती गुणस्तरहीन मह, पहिचान कसरी गर्ने ?
-
टोकियोमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स’ हुँदै
-
हामी बालेनको पुलिस होइनौँ भन्ने डीएसपी चौधरीलाई स्पष्टीकरणका लागि जिल्ला बोलाइयो
-
सवारी दुर्घटनामा चालककाे मृत्यु
-
रोकिएन इरानमाथि अमेरिकाको हवाई आक्रमण, संकटमा युद्धविराम सम्झौता
-
विश्वकप फाइनल हाफटाइम शोमा जस्टिन बिबर पनि सहभागी हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण