नौ जनालाई नइ बाल पुरस्कार

काठमाडौँ । नइ प्रकाशनले आ–आफ्नो ठाउँमा समर्पित भई प्रतिष्ठा आर्जन गर्ने ३ देखि १५ वर्षसम्मका नौ जना बालबालिकालाई २०८० सालको ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।
‘नइ बाल पुरस्कार’बाट पुरस्कृत हुनेहरूमा बहुआयामिकतर्फ कुशाग्र भट्टराई, साहित्यतर्फ प्रतिष्ठा केसी, चित्रकलातर्फ श्रीया गुरुङ, सङ्गीततर्फ सानवी यादव, नृत्यतर्फ अनिका महर्जन, खेलकुदतर्फ सुप्रिया ऐर छन् ।
पुरस्कारका राशि ताम्रपत्रसहित जनही १० हजार रुपैयाँ रहेको नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिए ।
यसैगरी नइ कोपिला पुरस्कार गायनमा काव्या शिवाकोटी र नृत्यमा सुधा तामाङलाई समर्पण गर्ने निर्णय भएको उनले बताए । ताम्रपत्रसहित यी पुरस्कारको राशि जनही सात हजार रुपैयाँ रहेको छ ।
ताम्रपत्रसहित पाँच हजार रुपैयाँ राशिको नइ चिचिला पुरस्कार तीन वर्षकी मानशी भण्डारीलाई समर्पण गरिने भएको छ ।
नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईँको अध्यक्षतामा आज बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपाधि छिनोफानोको मुखैमा नराम्ररी हार्यो एटलेटिको मड्रिड
-
सरकारले सगरमाथा दिवस साताव्यापी कार्यक्रम गरेर भव्य रूपमा मनाउने
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा