सामाजिक सञ्जालमाथि नियन्त्रण गर्ने विधेयकप्रति नेपाल पत्रकार मञ्चको असन्तुष्टि
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा दर्ता गराएको ‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’प्रति नेपाल पत्रकार मञ्चले कडा असन्तुष्टि जनाएको छ ।
पत्रकार महासंघका निर्वाचित परिषद् सदस्यहरूलाई प्रमाणपत्र हस्तान्तरण गर्न आयोजित कार्यक्रममा वक्ताहरूले उक्त विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी भएको बताएका छन् ।
नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले विधेयकले प्रेस स्वतन्त्रतालाई संकुचित गर्ने खतरा रहेको बताउँदै, यसलाई फिर्ता लिन सरकारलाई आग्रह गरे। साथै, पत्रकार महासंघ नागरिक समाज, मानव अधिकारकर्मी र सरोकारवालासँग छलफल नगरी विधेयक पारित भए त्यसविरुद्ध चुप नबस्ने चेतावनी दिए ।
कार्यक्रममा नेपाल पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोहीले सरकारको नियमन आवश्यक भए पनि नागरिकको मौलिक हक र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने कुनै पनि कानुन स्वीकार्य नहुने बताए । अन्य वक्ताहरूले पनि विधेयक तत्काल परिमार्जन गर्न जोड दिए ।
समारोहमा महासंघको राष्ट्रिय र प्रदेश परिषदमा निर्वाचित सदस्यहरूलाई प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । कार्यक्रममा पत्रकार महासंघका पदाधिकारी, सञ्चारकर्मी, नागरिक समाजका अगुवा तथा विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण