वाशिंटन डीसी हवाई दुर्घटना : प्लेनको ब्ल्याकबक्स भेटियो, कारण खुल्न ३० दिन लाग्ने
शुक्रबार, १८ माघ २०८१, ०६ : २६
काठमाडौं । वाशिंटन डीसीमा भएको विमान दुर्घटनास्थलबाट ब्ल्याक बक्स बरामद भएको छ । अमेरिकाको राष्ट्रिय परिवहन सुरक्षा बोर्ड (एनटीएसबी)का अनुसार वाशिंटन डीसीमा बुधबार एक वाणिज्यक विमान र सैन्य हेलिकोप्टर टक्राएर दुर्घटना हुँदा ६७ जनाको मृत्यु भएको थियो ।
दुर्घटनाको कारण खोज्न कैँयन विधिबाट जाँचबुझ चलिरहेको थियो । ब्ल्याक बक्स भेटिएसँगै अब प्रारम्भिक रिपोर्ट ३० दिनमा जारी गरिने जनाइएको छ । एनटीएसबीका अधिकारीहरुले आफुहरुसँग निकै धेरै जानकारी भए पनि पुष्ट्याईंका लागि केही समय चाहिने बताएका छन् ।
उनीहरुले विमानको ब्ल्याक बक्स फेला पारिसकेकाले के कसरी विमान दुर्घटना भयो र गल्ती के हो भन्नेबारे त्यसबाट जानकारी हासिल गर्न सकिने जनाउ दिएका छन् । यो घटनालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्फले आफुहरुको दिल टूटेको प्रतिक्रिया दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण