अज्ञात समूहद्वारा दिउँसै ट्रकमा आगजनी
जुम्ला - सदरमुकाम जुम्ला खलंगामा आज अज्ञात समूहद्वारा दिउँसै मिनीट्रकमा आगजनी गरिएको छ ।
ना२ख ४६०२ नं को मिनीट्रक्रमा आगजनी गराइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार ट्रकमा बिहान ११ः४५ बजे पेट्रोल छर्केर चालक बस्ने क्याबिन जलाइएको थियो ।
नचिनेका मान्छेले आगो लगाएको थाहा पाएपछि स्थानीयवासीको सहायतामा आगो निभाइएपछि प्रहरी त्यहाँ पुगेको थियो । अहिले प्रहरीले सुरक्षा दिइरहेको प्रहरी नायब उपरीक्षक गुरुविष्णु काफ्लेले जनाउनुभयो । आज नेपाल बन्दका क्रममा जुम्ला पनि बन्द भएकाले आगजनी विप्लवका कार्यकर्ताले गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
नेपाल कम्युनिस्ट पार्टी ९विप्लव०का जुम्ला सेक्रेटरी विर्षबहादुर शाहीले आगजनीमा आफ्नो संलग्नता नरहेको बताउनुभएको छ । यता प्रहरीले भने घटनामा संलग्नहरुको खोजी भइरहेको जनाएको छ ।
बन्दले आज जुम्लामा लामो तथा छोटो दूरीका यातायात ठप्प छ । यसको प्रभाव अधिकतम रुपमा माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेका छात्रछात्रालाई परेको छ भने सरकारी तथा गैरसरकारी कार्यालय तथा शिक्षण संस्थामा पनि बन्दको असर परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण