अधिकारका बारेमा प्रदेशले संघसँग गुनासो गरिरहेका छन् : प्रदेश प्रमुख देवकोटा
हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले संघसँग काम कर्तव्य र अधिकारका विषयमा प्रदेश सरकारले गुनासो गरिरहेको बताएका छन् । प्रदेश र संघबिचमा अधिकारका विषयहरू समयसँगै सच्चिँदै जाने उनले विश्वास व्यक्त गरे ।
प्रदेश सभाको ७ औँ वार्षिक उत्सवलाई सम्बोधन गर्दै प्रदेश प्रमुख देवकोटाले प्रदेश सरकारलाई अब गुनासो र बहानाबाजी गर्ने छुट नरहेको बताए । प्रदेश संरचनाको बारेमा विभिन्न टीकाटिप्पणी भइरहेका कार्य सम्पादन मार्फत जवाफ दिनुपर्ने उनले बताए । प्रदेशसभा र प्रदेश सरकारको औचित्य पुष्टि गर्न जरुरी रहेको उनको भनाई छ ।
‘समस्यालाई आपसी सहमतिमा टुंग्याउनु पर्छ अन्यथा प्रदेश सभालाई केवल झैझगडाको थलोको अपजसको भारी बोक्नुपर्ने हुन्छ । राजनीतिको चस्मा फुकालेर महत्त्वपूर्ण आम जनहितका मुद्दाहरूमा मेलमिलाप र समझदारीको सन्देश जनतामा पुर्याउनु पर्छ,’ उनले भने ।
कार्यक्रममा मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेश सरकार विकास र समृद्धिको यात्रामा अघि बढेको बताए । प्रदेश सरकारले नीतिगत रूपमा प्रदेशको विकास निर्माणलाई व्यवस्थित गर्ने काम गरिरहेको उनले बताए । बजेट विनियोजनलाई व्यवस्थित गर्न आयोजना बैंक निर्माणको काम भइरहेको उनले बताए ।
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विकास र सेवा प्रवाहको संरचनाको रूपमा प्रदेश सरकार कायम रहेको बताए । प्रदेश सरकारले विकास निर्माण र सवा प्रवाहको सहजता प्रदान गर्न नयाँ मानक निर्माण गरेको उनले बताए । उनले संघीय संरचनाको आलोचना र औचित्य माथि प्रश्न गर्नु व्यर्थ भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा २ महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण