मोहम्मद सालाहले लिभरपुललाई दिलाए शानदार जित
आइतबार, २० माघ २०८१, ०१ : २९
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा मोहम्मद सालाहले शीर्ष स्थानको लिभरपुललाई शानदार जित दिलाएका छन् । लिग अन्तर्गत शनिबार राती भएको खेलमा सालाहको प्रदर्शनले लिभरपुल बर्नमथमाथि २-० ले हाबी भयो ।
अवे मैदानमा लिभरपुलका लागि दुबै गोल मोहम्मद सालाहले गरे । योसँगै लिगमा सालाहको १७८ गोल पुगेको छ । जितसँगै लिभरपुलले दोस्रो र तेस्रो स्थानका टोलीसँग ९ अंकको दुरी कायम गरेको छ ।
यस्तै, शनिबार भएका खेलमा एभर्टनले लेस्टर सिटीलाई ४-० ले हराउँदा रेलिगेशन क्षेत्रमा रहेको साउथह्याम्पटनले इप्सविच टाउनलाई २-१ ले हरायो । यस्तै, पुल्भ्सले एस्टन भिल्लालाई २-० ले पाखा लगाउँदा फलहमले न्यूक्यासल युनाइटेडलाई २-१ ले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण