ब्राइटनको पोष्टमा नटिङघमको गोल वर्षा, क्रिस उडले गरे ह्याट्रिक
काठमाडौं । क्रिस उडको ह्याट्रिक मद्दतले नटिङघम फरेस्टले ब्राइटनविरुद्ध गोल वर्षा गरेको छ । प्रिमियर लिग अन्तर्गत शनिबार राती घरेलु मैदानमा नटिङघमले ब्राइटनविरुद्ध ७ गोल गरेको हो ।
खेलको १२ औं मिनेटमा ब्राइटनका लेविस डंकले आत्मघाती गोल गरेसँगै खाता खोलेको नटिङघमले ९१ औं मिनेटभित्र ७ गोल गरेको हो । आत्मघाती गोल उपहारसँगै पहिलो आधा (हाफ)अघि मोर्गन गिब्स व्हाइट र क्रिस उडले गोल गर्दै टोलीलाई ३-० को अग्रता दिलाए ।
दोस्रो हाफमा उडले थप दुई गोल गर्दा नेको विलियम्स र जोटा सिल्भाले एक-एक गोल गरे । बल नियन्त्रणमा ब्राइन बलियो देखिए पनि उसले कुनै पनि मौका सदुपयोग गर्न सकेन ।
जितपछि नटिङघमले दोस्रो स्थानको आर्सनलसँग अंक बराबरी गरेको छ । उसको २४ खेलबाट ४७ अंक हुँदा एक खेल कम खेलेको आर्सनलको समान ४७ अंक छ । गोल अन्तरका आधारमा नटिङघम आर्सनल भन्दा पछि परेको हो । शीर्ष स्थानको लिभरपुलको २३ खेलबाट ५६ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण