मानिस बिरामी नै हुन नपरोस् भनेर व्यापक प्रयास गरिन्छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रोग व्याधिबाट मुक्त समाज निर्माण गर्न चाहेको बताएका छन् । पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानको मंगलबार शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मानव जातिको भविष्यलाई सुखमय भविष्य, सम्मृद्धिमय, अभावमुक्त र रोग व्याधिबाट भरसक मुक्त समाज बनाउन चाहेको बताएका हुन् ।
उनले फागुन ६ गतेसम्म चल्ने यस वर्षको एचपीभी खोप अभियानलाई देशव्यापी रुपमा सञ्चालन हुने बताए । उनले विद्यालयपछि स्वास्थ्य संस्थाबाट यो सेवा प्रदान गर्ने भन्दै प्रधानमन्त्रीले यस अभियानले नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति गर्ने विश्वास व्यक्त गरे ।
उनले क्यान्सरको रोकथाम नै हुँदैन भन्ने धारणा सत्य नभएको भन्दै क्यान्सरलाई पनि रोकथाम गर्न सकिने बताए । ‘जसमध्ये पाठेघरको मुखको क्यान्सर जनस्वास्थ्य समस्या नरहनेगरी आज हामीले प्रारम्भ गरेका छौ’, उनले भने ‘हामीले निरोगी नेपालको नारा दिएका छौ ।’
प्रधानमन्त्रीले मानिस बिरामी नै हुन नपरोस् भन्नका लागि व्यापक प्रयास गरिने भन्दै त्यसका लागि आहार बिहार र आरामको सन्तुलन मिल्नुपर्ने बताए । ‘पाचन प्रणालीको स्वास्थ्यताले मानिस स्वस्थ हुन्छ’, प्रधानमन्त्रीले आहारको कुरा पेट भर्नमात्र नभएर स्वस्थ हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मंगलबारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने
-
सामाजिक सञ्जाल ट्रायल र सिन्धुलीको वैचारिक सङ्घर्ष
-
नेता र राज्यका अङ्गहरू स्वार्थ समूहको गोजीमा थिए, त्यो जालो अब तोडिन्छ : अर्थमन्त्री
-
विश्व आदिवासी युवा सम्मेलन सम्पन्न
-
युवाहरूले बिदेसिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री वाग्ले
-
सहकारी ठगको पैसा सरकारी बजेटबाट तिर्न सुरु गरे वर्तमान व्यवस्था नै ढल्छ : दुर्गा प्रसाईं
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण