जालीझेली र फटाहा मान्छे प्रधानमन्त्री भएपछि देशले सुख पाउँछ त ? : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वर्तमान सरकारलाई आफूले संविधान विरोधी भनेर त्यसै नभनेको बताएका छन् ।
मंगलबार म्याग्दीको बेनीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले संविधान र स्थापित नियम र मान्यता विरोधी भएको बताएका हुन् ।
‘संविधानमा प्रस्टसँग भनिएको छ– संविधानको धारा ७६ को उपधारा २ बमोजिम बनेको सरकारले विश्वासको मत लिन खोज्यो र भोटिङमा हार्यो भने ७६ को ३ मा गएर सबभन्दा ठुलो दलको नेतृत्वमा सरकार बनाउनुपर्नेछ प्रस्ट लेखिएको छ’, प्रचण्डले भने, ‘तर मैले ७६ को २ अनुसार भोटिङमा गएँ, म विजयी नभएपछि ठुलो पार्टीको नेताको नेतृत्वमा सरकार बन्नुपर्नेमा फेरि ७६ (२) अनुसार दोस्रो पार्टीको नेतृत्वमा सरकार बन्यो । त्यसकारण यो असंवैधानिक सरकार हो ।’
उनले यसरी बनेको सरकारबारे गहिरोसँग बुझ्ने हो भने संविधान मिच्ने हिजोदेखिको केही पार्टी र नेताहरूको कोशिसको निरन्तरता भएको पनि बताए ।
‘संविधानलाई मिचेर नेपाली जनतामाथि निरंकुशता लाद्ने’, उनले यो सरकारलाई आफूले लोकतन्त्र विरोधी पनि भन्ने गरेको बताए ।
‘किनभने सामान्यतः लोकतन्त्र भन्ने सिस्टममा संसद्का पहिलो र दोस्रो दल मिलेर सरकार बनाउँदै बनाउँदैनन्’, प्रचण्डले हिन्दुस्तानमा कांग्रेस आइ र विजेपी मिलेर अहिलेसम्म सरकार नबनेको बताए । उनले मिल्नै नमिल्ने तत्त्वहरू भ्रष्टाचारको रक्षा र जनतामाथि निरंकुशता लाद्न मिलेको प्रस्ट्याए । उनले अप्राकृतिक सरकार भएको पनि बताए ।
अहिले प्रधानमन्त्रीको कुर्सीमा बसेका एमालेका अध्यक्ष ढाँट, छल, जालीझेली र फटाहा भएको पनि बताए ।
‘एमालेको नेता जो अहिले प्रधानमन्त्रीको कुर्सीमा हुनुहुन्छ । उहाँले यति धेरै ढाँटछल, जालझेल गर्नुभयो । मलाई त गर्नसम्म गर्नुभयो । स्वर्ग र नर्कका कुरा’, प्रचण्डले भने, ‘उहाँ हस्ताक्षर गरेर आएर गरेकै छैन । पत्रिका छापिइसक्यो फोटो । यो कहिलेको छाप्यो भन्न सक्ने भनेपछि यस्ता जालीझेली, यस्तो फटाहा मान्छे प्रधानमन्त्री भएपछि देशले सुख पाउँछ त ?’ उनले देशका लागि यो भन्दा ठुलो दुर्भाग्य केही हुन नसक्ने भन्दै वर्तमान गठबन्धन लोकतन्त्रवादी भएको भए कांग्रेस एमालेले पार्टी कमिटीबाट निर्णय समेत नगरी बनेको बताए । ‘एमालेको केपीले जे भन्यो त्यही मान्ने । एमालेका एक जना र कांगेसका दुई तिनजनालाई मात्र थाहा छ’, उनले कांग्रेस र एमाले मिलेर सरकार बनेजस्तो लाग्ने भएपनि दलाल बिचौलिया र कमिशनखोरहरुले बनाइदिएको दाबी गरे । उनले विनोद चौधरी र रामेश्वर थापाको घरमा राति बैठक बसेर सहमति भएको भन्दै यस्तो अप्राकृतिक सरकारले दलाल र बिचौलियाको इशारामा काम गर्ने भएकाले जनताको पक्षमा नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा सिंह नियुक्त
-
हर्मुजमा अमेरिकी भूमिकाप्रति इरानको आपत्ति
-
कर्णालीको लोकप्रिय ‘बैंक खाता छोरीको’ कार्यक्रम हटाइएपछि महिला सांसद आक्रोशित
-
छाया कम्प्लेक्स सम्बन्धित बहस : निजी क्षेत्र हतोत्साही
-
एम्पायर स्टेट बिल्डिङको चुचुरोमा विवाह प्रस्ताव गर्ने रुसी जोडी पक्राउ
-
संसद् भवनमा इन्टरनेट बिग्रिँदा प्रतिनिधिसभाको लाइभ प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण