नेपाल क्यान्सर निवारण प्रतिष्ठानको आधिकारिक वेबसाइट लन्च
काठमाडौँ । नेपाल क्यान्सर निवारण प्रतिष्ठान (एनसीएपी)को आधिकारिक वेबसाइट लन्च गरिएको छ । एनसीएपीले माघ २२ गते परेको क्यान्सर दिवसको अवसरमा आफ्नो आधिकारिक वेबसाइट लन्च गरेको जनाएको हो ।
सो वेबसाइट स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र उपसभामुख इन्दिरा राना मगरले शुभारम्भ गरेका हुन् । उक्त वेबसाइटले क्यान्सरसम्बन्धी जानकारी, रोकथामका उपाय, उपचारका विधि, प्रतिष्ठानका गतिविधि तथा विभिन्न अनुसन्धानहरू उपलब्ध गराउने एनसीएपीले जनाएको छ ।
सो कार्यक्रममा क्यान्सरसम्बन्धी जनचेतना फैलाउन यस्ता कार्यक्रमहरूको निरन्तरता आवश्यक रहेको मन्त्री पौडेलले बताए । उनले भने, ‘नेपाल सरकारले क्यान्सर रोग निवारण तथा रोकथामको सन्दर्भमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । र, अझै गर्न धेरै बाँकी छ ।’ उनले नेपालमा क्यान्सर रोगबाट दैनिक चार जनाको मृत्यु हुने गरेको तथ्यांक रहेको पनि जानकारी दिए ।
यस्तै, उपसभामुख राना मगरले क्यान्सर पीडितहरूको सेवाका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताइन् । उनले समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न सरकार, गैरसरकारी संस्था तथा जनसाधारणले हातेमालो गर्नुपर्नेमा जोड दिइन् ।
नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अध्यक्ष हरि गोपाल प्रधानले वर्ल्ड क्यान्सर ‘डे’को महत्त्व दर्साउँदै जनचेतनामा अझ बढी जोड दिनुपर्ने बताएका थिए ।
कार्यक्रममा क्यान्सर रोकथाम तथा उपचारमा महत्त्वपूर्ण योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । ‘इन्स्पायरिङ युथ २०२५’ अवार्डबाट अक्षय खत्री र सुष्मा भण्डारी सम्मानित भए भने ‘वुमन अफ इन्स्पिरेशन २०२५’ को सम्मान देविका बन्दानाले प्राप्त गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा २२ गैँडा मरे
-
स्वकीय सचिवको पारिश्रमिक र भ्रमण भत्ता बढाउन सरकार सकारात्मक : अर्थमन्त्री
-
बलुचिस्तानमा सुरक्षा बलमाथि आक्रमण, ४५ पाकिस्तानी सैनिक मारिएको दाबी
-
अभौतिक सांस्कृतिक सम्पदा विधेयकमा समुदायको अपेक्षा र आदिवासीको प्रतिनिधित्व समेट्न विज्ञहरूको सुझाव
-
विशेष अदालतको राजस्व सङ्कलनमा २१९ प्रतिशतको छलाङ, तोडफोडका बाबजुद ८३ प्रतिशत लक्ष्य हासिल
-
चलचित्र ‘मास्टर्नी’को प्रचार गीतप्रति महिला शिक्षक समाजकाे आपत्ति, हटाउन माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण