संसद् बैठक
आफूले सम्बोधन गर्दा ओली नआएको भन्दै प्रचण्डको आक्रोश
बिहीबार, २४ माघ २०८१, १४ : ३१
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूले बोल्ने समयमा प्रधानमन्त्री अनुपस्थित नभएको भन्दै आक्रोश पोखेका छन् । विपक्षी दलको नेताको हैसियतमा संसदमा संवोधन गर्दै प्रचण्डले सुरुमै ओलीलाई खोजेका हुन् ।
‘संसदीय लोकतन्त्रको परम्पराअनुसार सत्तापक्षको तर्फबाट प्रधानमन्त्रीजीले सम्बोधन गर्दै गर्दा प्रमुख प्रतिपक्ष दलका नेताहरु उपस्थित रहनु र प्रमुख प्रतिपक्षी दलका नेताले सम्बोधन गर्दा प्रधानमन्त्री उपस्थित रहने परम्परा छ । मैले गम्भीर रुपले नै प्रम आउँदै हुनुहुन्छ होला भन्ने सोचेको थिएँ । सत्ता पक्षका सबैभन्दा ठुलो दलका नेता पनि आउनुहुन्छ होला भन्ने सोचेको थिएँ’, प्रचण्डले भने, ‘अहिलेसम्म आउनु भएको छैन । म आशा गर्छु उहाँ आउनुहुनेछ ।’
प्रचण्डले यसो भनेको केही मिनेटमा कांग्रेस सभापति शेरबहादुर देउवा भने संसदमा पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा सिंह नियुक्त
-
हर्मुजमा अमेरिकी भूमिकाप्रति इरानको आपत्ति
-
कर्णालीको लोकप्रिय ‘बैंक खाता छोरीको’ कार्यक्रम हटाइएपछि महिला सांसद आक्रोशित
-
छाया कम्प्लेक्स सम्बन्धित बहस : निजी क्षेत्र हतोत्साही
-
एम्पायर स्टेट बिल्डिङको चुचुरोमा विवाह प्रस्ताव गर्ने रुसी जोडी पक्राउ
-
संसद् भवनमा इन्टरनेट बिग्रिँदा प्रतिनिधिसभाको लाइभ प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण