‘युनिभर्सल’ सर्टिफिकेट पाउँदै ‘रंगी’ सेन्सर पास
काठमाडौँ । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ ले केन्द्रीय चलचित्र जाँचपास समिति(सेन्सर बोर्ड)बाट ‘यू’ अर्थात ‘युनिभर्सल’ सर्टिफिकेट पाएको छ । फिल्मले बिहीबार बोर्डबाट ‘यू’ सर्टिफिकेट पाएको हो । ‘यू’ सर्टिफिकेट पाएसँगै यो फिल्म सबै उमेर समूहका दर्शकले हेर्न मिल्नेछ ।
अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्म विशेषत बाबुछोरीको कथामा आधारित छ । फिल्मको पोस्टर, टिजर, ट्रेलर र गीतले राम्रो हाइप पाइरहँदा सेन्सर बोर्डबाट प्राप्त प्रतिक्रिया प्रति निर्माण समूह खुसी छ । प्रस्तुतकर्ता बस्नेतले सेन्सर बोर्डका सदस्यहरूले फिल्म राम्रो बनेको प्रतिक्रिया दिएको बताए ।
आगामी फागुन २ गते रिलिज हुने फिल्ममा सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन छ । फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ । फिल्म ‘रंगी’ सलोनको डेब्यू निर्माण हो ।
सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमको निर्माण रहेको फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, बन्दे प्रसादको सम्पादन, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ ।
फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण