संसद् बैठक
सिंहदरबारमा सभामुखसहित प्रमुख दलका सचेतकहरू छलफलमा‚ संसद् बैठक सञ्चालनमा ढिलाइ
आइतबार, २७ माघ २०८१, १३ : ५८
काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्नमा ढिलाइ भएको छ । दिउँसो एक बजेका लागि बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन ।
सभामुख देवराज घिमिरेको सचिवालयले दिएको जानकारी अनुसार सभामुख सहित ५ दलका प्रमुख सचेतकहरू छलफलमा छन् । उक्त छलफल सकिएपश्चात् प्रतिनिधिसभा बैठक सुरु हुनेछ ।
‘विधायन सम्बन्धमा बनेको विधेयकमाथि देखिएको समस्यालाई कुन माध्यमबाट समाधान गर्ने भनेर छलफल बसेको हो र बल्ल सकियो‚’ सचिवालयले भन्यो‚ ‘केही बेरमा बैठक सुरु हुन्छ ।’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण