अवैध रूपमा बसेका विदेशी नागरिकलाई आममाफी दिने कतारको घोषणा
काठमाडौँ । कतारले अवैध रूपमा बसेको विदेशी नागरिकलाई आममाफी दिन थालेको छ । अवैधानिक भएर बसेका विदेशी नागरिकलाई आफ्नो देश फर्कन माफी दिने घोषणा गरेको हो ।
आजदेखि तीन महिनासम्मका लागि उक्त व्यवस्था लागू गरिएको कतारको आन्तरिक मन्त्रालयले जनाएको छ । एक सार्वजनिक घोषणा गर्दै फेब्रुअरी ९ देखि लागु हुने आममाफी ३ महिनासम्म रहने जनाएको हो ।
कतारी आइडीको म्याद सकिएर लामो समयसम्म नवीकरण नगरेका, कम्पनी छोडेर भागेर लुकीछिपी काम गरिरहेका तथा भिसाको नियम पालना नगरेकाहरूलाई आफ्नो देश फर्कन आग्रह गर्दै आममाफी दिने जनाएको हो ।
उक्त अवधिमा बिना जरिवाना तथा बिना जेल सजाय घर फर्कन पाउनेछन् । सरकारले उपलब्ध गराएको यो सुविधा लिन चाहने व्यक्तिहरू हमाद अन्तर्राष्ट्रिय विमानस्थल वा सल्वा रोडमा रहेको सर्च एन्ड फिलो अप डिपार्टमेन्टमा दिउँसो १ बजेदेखि बेलुका ९ बजे भित्र गएर निवेदन दिनुपर्नेछ ।
आप्रवासीको आवास, प्रवेश र प्रस्थानको नियमन गर्न सन् २०१५ मा बनेको कानुन नम्बर २१ अन्तर्गत यो प्रक्रिया थालनी गरेको आन्तरिक मन्त्रालयले जनाएको छ । यो आममाफीबाट गैरकानुनी हैसियतमा रहेका नेपालीहरू पनि लाभान्वित हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण