युवा तथा खेलकुद मन्त्रीले सच्याए ‘श्री ५ को सरकार’ लेखिएको त्रुटि
काठमाडौँ । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाल स्काउटको कर्मचारी नेपाल सेवा नियमावली २०५२ लाई संशोधन गर्ने क्रममा श्री ५ को सरकार लेखिएको पुरानै व्यवस्थामा हस्ताक्षर गरेको कागजात बाहिरिएको थियो । तत्पश्चात् विवादमा तानिएका मन्त्री चौधरीले तत्काल उक्त त्रुटि सच्याएका छन् ।
आफूले भुलवश टाइप त्रुटि भएको कागजातलाई प्रमाणीकरण गरेको भन्दै मन्त्री चौधरीले आजै उक्त त्रुटि सच्याएका हुन् । उनले नेपाल स्काउटलाई पत्र लेख्दै, ‘मिति २०८१ स्काउट राष्ट्रिय परिषद्को बैठक २०८१ कार्तिक १० बाट संशोधित, नेपाल स्काउट कर्मचारी सेवा नियमावली २०५२ संशोधन २०८१ को अनुसूची ४ (क) को १ र ऐ. ४ (ख) को ४ मा टाइपमा त्रुटि भई नेपाल सरकार लेखिनुपर्नेमा श्री ५ को सरकार लेखिन गएकाले उक्त श्री ५ को सरकार शब्दावली नेपालको संविधान २०७२ भाग–१ धारा–१ मा “यो संविधान नेपालको मूल कानुन हो, यस संविधानसँग बाझिने कानुन बाझिएको हदसम्म अमान्य हुनेछ” भन्ने व्यवस्था विपरीत रहेको पाइएकाले उक्त त्रुटि सच्चाइ नियमावलीमा उल्लेखित श्री ५ को सरकार लेखिएको शब्दावलीको सट्टा नेपाल सरकार शब्दावली राखी प्रमाणीकरण गरि कार्यान्वयनका लागि पठाइएको’ जानकारी गराएका छन् ।


_92xqWY8BOJ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण