गोकुल बास्कोटाको कटाक्ष : चार प्रधानमन्त्री फेरिए‚ चार किलोमिटर बाटो बनेन
मङ्गलबार, २९ माघ २०८१, १३ : ५९
काठमाडौँ । सत्तारुढ नेकपा एमाले सांसद गोकुल बास्कोटाले पटक पटक सरकार परिवर्तन भए पनि आफ्नो निर्वाचन क्षेत्रको चार किलोमिटर बाटो निर्माण नभएको भन्दै आक्रोश पोखेका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
चार पटक प्रधानमन्त्री फेरिँदा पनि चार किलोमिटर बाटो निर्माण नभएको उनले बताए । ‘शून्य समय हो नसुने पनि हुन्छ । चारवटा प्रधानमन्त्री फेरियो । चारवटै मन्त्री र सचिव कति हो मलाई थाहा छैन‚’ उनले भने‚ ‘चार किलोमिटर बाटो खावा देखि धुलिखेल सम्मको बाटो बनेन भौतिक मन्त्रीको कानमा बतास पसोस् भन्ने माग गर्दछु । नभए ढुंगा खाने स्थिति बन्यो।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण