उपाध्यक्ष वयकमाथि प्रहरीद्वारा कुटपिट भएको भन्दै अनेरास्ववियुको चेतावनी
काठमाडौँ । नेकपा एमाले निकट अनेरास्ववियुले अस्कल क्याम्पस मदन भण्डारी स्पोर्टस् एकेडेमीका उपाध्यक्ष प्रकाश बयकमाथि प्रहरीले कुटपिट गरेको भन्दै सो घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । सो सङ्गठनका अध्यक्ष समिक बडालले बिहीबार एक विज्ञप्ति जारी गर्दै सो घटनाप्रति आपत्ति जनाएका हुन् ।
उनले नेपाल प्रहरीको यस किसिमको गैरकानुनी तवरको धरपकड र ज्यादती निन्दनीय रहेको बताउँदै यो घटनाको तत्काल छानबिन गरी दोषीहरूलाई कारबाही गर्न समेत जोडदार माग गरेका छन् । अन्यथा यस किसिमका गतिविधि विरुद्ध कडाभन्दा कडा आन्दोलनमा उत्रिन समेत सङ्गठन बाध्य हुने चेतावनी दिएका छन् ।
विज्ञप्तिमा बुधबार राति अन्दाजी ७ बजेतिर नेपाल प्रहरीको प्रतिनिधि हुँ भन्दै दरबार वृत्तको प्रहरीले अस्कल होस्टल बाहिर बोलाई उठाएर लगी टोखा पुर्याएर विभिन्न आरोपमा नाक, मुख र आँखा सुन्निने गरी कुटपिट गरेको आरोप लगाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘उनीहरू युद्ध गर्न होइन, पढ्न गएका थिए’
-
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण