ऋषभ पन्तको सट्टा प्रशिक्षकको रोजाइमा परे केएल राहुल
काठमाडौँ । च्याम्पियन्स ट्रफीअघि भारतीय टोलीले हालै घरेलु मैदानमा इङ्ल्यान्डसँग तीन खेलको एकदिवसीय शृंखला खेल्यो । तीन खेलको शृंखलामा भारतीय टोली ३–० ले विजयी पनि भयो ।
यो शृंखलापछि भारतीय टोलीका प्रशिक्षक गोतम गम्भीरले च्याम्पियन्स ट्रफीमा खेलाउने आफ्ना अन्तिम ११ खेलाडीको खाका पनि तयार पारेका छन् । उनले च्याम्पियन्स ट्रफीमा खेलाउने विकेटकिपरको बारेमा पनि टुंगो लगाएका छन् ।
च्याम्पियन्स ट्रफीका लागि घोषित भारतीय टोलीमा केएल राहुल र ऋषभ पन्त गरी दुईजना विकेटकिपरलाई समावेश गरिएको थियो । तर, प्रमुख प्रशिक्षक गम्भीरले च्याम्पियन्स ट्रफीमा केएल राहुलले विकेटकिपरको भूमिका निर्वाह गर्ने बताएका छन् ।
ऋषभ पन्तले हालै सम्पन्न इङ्ल्यान्डविरुद्धको एकदिवसीय शृंखलामा पनि अवसर पाएका थिएनन् । शृंखलाको तीनवटै खेलमा केएल राहुलले विकेटकिपरको भूमिका निर्वाह गरेका थिए । उनको प्रदर्शन उत्कृष्ट पनि थियो ।
त्यसैले प्रशिक्षक गाम्भीरले केएल राहुललाई नै च्याम्पियन्स ट्रफीमा पनि विकेटकिपर बनाउने निर्णय लिएका हुन् । उनी भन्छन्, ‘केएल राहुल नम्बर एक विकेटकिपर हुन् । उनको प्रदर्शन पनि स्तरीय छ । हाम्रा दुबै विकेटकिपरको प्रदर्शन राम्रो छ । त्यसैले हामीले राम्रोमध्ये पनि बढी राम्रोलाई चयन गर्नुपर्ने हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण