युक्रेन विनाकुनै शंका वार्तामा आउने रुसी दावीविरुद्ध जेलेन्स्कीको कडा प्रतिक्रिया, रिसाए नेटो महासचिव
काठमाडौं । रुसले युक्रेन विनाकुनै शंका कुनै पनि किसिमको शान्तिवार्तामा भाग लिने अभिव्यक्ति दिएको छ । क्रेमलिनले युक्रेन निश्चयपूर्वक कुनै पनि शान्ति सम्झौता अर्थात् वार्तामा माग लिने बताएको हो ।
वुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको फोन संवादपछि रुसले यस्तो जिकिर गरेको बीबीसीले उल्लेख गरेको छ । ट्रम्प-पुटिन संवादले युक्रेन युद्ध अन्त्यका लागि तत्काल वार्ता शुरु गर्न सकिने निधो गरेको थियो । यसअघि पनि अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेन युद्ध अन्त्य हुने प्रवल सम्भावना रहेको भनी अभिव्यक्ति दिएका थिए ।
ब्रसेल्समा नेटो बैठकपछि अमेरिकी रक्षा सचिव पीट हेगसेथले मस्को र कीयवको चाहना बाहिरका व्यक्तिहरु शान्तिवार्तामा सामेल हुने प्रतिक्रिया दिए । तर, नेटो महासचिव मार्क रुटले पुटिनको युक्रेनी भूमि हडपने योजना सफल हुनुहुँदैन भनेका छन् ।
क्राइमियामाथि एकतर्फी कब्जा गरेको आठ वर्षपछि २०२२ मा रुसले ठूलो परिमाणमा युक्रेन लक्षित आक्रणम शुरु गरेको थियो । युक्रेनी राष्ट्रपति भ्लोडेमिर जेलेन्स्कीले भने युद्ध अन्त्य गर्ने ट्रम्प–पुटिनको जिकिर खण्डन गर्दै चेतावनीपूर्ण प्रतिक्रिया दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण