युके पठाइदिन्छु भन्दै ३२ लाख ठगी
शनिबार, ०३ फागुन २०८१, १५ : ४३

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-३ घर भई काठमाडौँ तार्केश्वर नगरपालिका-५ बस्ने ५३ वर्षीय दिनेश अधिकारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
अधिकारीले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३२ लाख ५७ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका-२६ बाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उन्नाइस विपन्न परिवारलाई घर छाउन जस्तापाता सहयोग
-
स्किब्स कप बास्केटबलमा ७५ टोली
-
उद्योगको नाममा मानव स्वास्थ्यमाथि प्रहार हुनु हुँदैन
-
सबै उद्योगलाई प्रशोधन उपकरण जडान गर्न लगाउनु पर्छ
-
आईपीएल इतिहासकै कीर्तिमानी दाजुभाई बने शान र मिचेल मार्श
-
औद्योगिक रसायनले प्रदूषित सिर्सिया नदी, तटीय क्षेत्रमा कस्तो असर ?