वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
भक्तपुर । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा, अजरबैजान र मोरिसस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-७ घर भई भक्तपुर चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्ने ४१ वर्षीय गणेश बहादुर थापा र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-४ काफ्लेचोक घर भई काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-६ बनेपा बस्ने ३९ वर्षीय दिनेश प्रसाद अधिकारी रहेका छन् ।
उनीहरूले क्यानडा, अजरबैजान र मोरिसस पठाइदिन्छु भन्दै १४ जना पीडितहरूबाट ७१ लाख ७० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई भक्तपुरको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
उनीहरू उपर मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को ठगी सम्बन्धी कसुरको दफा १४(६) बमोजिम जिल्ला अदालत भक्तपुरबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण