प्रिमियर लिगमा म्यान्सिटीको फराकिलो जित, उमरले गरे ह्याट्रिक
आइतबार, ०४ फागुन २०८१, ०० : ४६
काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले फराकिलो जित निकालेको छ । शनिबार राती म्यान्सिटीले घरेलु मैदानमा न्युक्यासल युनाइटेडविरुद्ध ४-० को फराकिलो जित निकालेको हो ।
पेप ग्वार्डिवलाको म्यान्सिटीका लागि उमर मर्मोशले ह्याट्रिक गरे । १९ औं मिनेटमा पहिलो गोल गरेका उमरले ३३ औं मिनेटमा ह्याट्रिक पूरा गरेका हुन् । दोस्रो हाफपछि ८४ औं मिनेटमा म्यान्सिटीका लागि जेम्स म्याक्एटीले एक गोल थपे ।
यो जितसँगै म्यान्सिटी अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । उससको २५ खेलबाट ४४ अंक भएको छ । खराब प्रदर्शनका कारण चेल्सी कमजोर भएका बेला म्यान्सिटीले पुनरागमन गर्दै ठाउँ लिएको हो । एक खेल कम खेलको लिभरपुल ५७ अंकसहित शीर्ष स्थानमा छ भने आर्सनल २५ खेलबाट ५३ अंक बटुल्दै दोस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण