कृषि वैज्ञानिकको विदेश पलायन रोक्नुपर्छ : मन्त्री अधिकारी
काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि वैज्ञानिकको विदेश पलायन रोक्नुपर्ने बताएका छन् । ललितपुरमा आइतबार आयोजित राष्ट्रिय कृषि प्राविधिक कार्य समूह बैठकलाई सम्बोधन गर्दे मन्त्री अधिकारीले कृषि अनुसन्धानमा काम गर्ने वैज्ञानिकहरूको विदेश पलायन रोक्नुपर्ने बताएका हुन् ।
‘नेपालमै काम लाग्ने वैज्ञानिकहरूलाई स्वदेशमै रहन सक्ने वातावरण बनाउन जरुरी छ,’ मन्त्री अधिकारीले भने, ‘वैज्ञानिक तथा कर्मचारीमा देखिएको विदेश पलायन रोक्न मैले सक्दो प्रयास गरिरहेको छु ।’
मन्त्री अधिकारीले नार्कमा धेरै वर्षदेखि नसुल्झेको जटिलताहरू सुल्झिँदै गएको र समस्या समाधान गर्ने ध्यान दिएको बताए । वैज्ञानिक एस १ , एस २ को समस्या समाधान भएको र समकक्षताको समस्या समाधान गर्न पनि समिति गठन भइसकेको उनले उल्लेख गरे ।
मन्त्री अधिकारीले कृषि अनुसन्धान प्रणालीलाई व्यवहारिक बनाउन आवश्यक भएको बताए । कृषि उपज आयातको ठुलो आकारले चुनौती थपेको उल्लेख गर्दे उनले यो चुनौतीको सामना गर्न नार्कले अन्वेषण गर्ने बालिका जातहरू पनि सोही अनुकूलको हुनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण