मस्कले रोकिदिए नेपालले पाउने झण्डै ४ करोड डलर
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले कडाइका साथ बजेट कटौतीमा काम गरिरहेको छ । यस सम्बन्धमा, अमेरिकाले नेपाल, भारत बंगलादेशलगायत कयौँ देशलाई दिँदै आएको फन्डिङमा रोक लगाएको छ ।
वित्तीय संघीयताको नाममा अमेरिकाले नेपाललाई २ करोड डलर दिइरहेको थियो । माइक्रो ब्लगिङ वेबसाइट एक्समा खर्बपति व्यापारी एलन मस्कको सरकारी दक्षता विभाग (डज)ले आइतबार गरेको एउटा पोष्टका अनुसार यो रकम रोकिएको छ । यसबाहेक, जैविक विविधता संरक्षण प्रयासका लागि नेपाललाई दिँदै आएको १ करोड ९० लाख डलर पनि बन्द गरेको पोष्टमा उल्लेख छ । पोष्टमा डजले यो कटौतीलाई अन्तर्राष्ट्रिय सहायतामा व्यापक कटौतीको हिस्सा भनेको छ ।

ट्रम्पले सरकारी खर्च कटौती गर्न नयाँ विभाग खडा गरेका थिए । यो विभागको काम अमेरिकी सरकारको खर्च कटौती हो । ट्रम्पले घरेलु विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाका मालिक मस्कलाई यस विभागको प्रमुख बनाएका छन् । मस्कले यतिबेला विश्वभरि हुने हरेक अमेरिकी खर्च गम्भीरतापूर्वक जाँचिरहेका छन् । सरकारको नीति अनुसार यसबारे निर्णय लिइरहेका उनले बताएका छन् । अमेरिकी करदाताको पैसा खर्च भइरहेका कुरा खारेज गरिएको मस्कले एउटा पोष्टमा सूचि लेखेका छन् । यसलाई उनले अन्तर्राष्ट्रिय सहायतामा व्यापक कटौतीको अंश भनेका छन् ।
यस्तै डजको यो निर्णयले भारतको चुनावी प्रक्रिया र राजनीतिक स्थिरता सुधार गर्ने उद्देश्यले गरिएका प्रमुख प्रयासहरूलाई असर गर्ने बताइएको छ । बजेट कटौती नगरे अमेरिका टाट पल्टिने मस्कले बारम्बार भन्दै आएका छन् । मस्कको पछिल्लो निर्णयले भारतलाई दिइने सहयोगमा ठुलो कटौती हुनेछ । अमेरिकाले भारतको चुनावमा मतदाता सहभागिता बढाउन २ करोड १० लाख डलर (१ अर्ब ८२ करोड भारु) दिँदै आएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रमपसँग भेटेको केही दिन पछि यो निर्णय आएको हो ।
यस भेटघाटमा दुवै नेताले अमेरिका–भारत सम्बन्धलाई सुदृढ पार्न महत्त्वपूर्ण घोषणाहरू गरेका थिए । मस्कको यस निर्णयले नेपाल पनि प्रभावित भएको छ । बंगलादेशलाई ठुलो धक्का लागेको छ । मस्कले बंगलादेश र नेपालले पाउँदै आएको ठुलो सहयोग रोकेका छन् । अमेरिकी सरकारले बंगलादेशमा राजनीतिक स्थिरता प्रवर्द्धन र लोकतान्त्रिक शासन सुदृढ गर्न २ करोड ९० लाख डलर सहायता दिँदै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण