प्रश्नको जवाफ नदिएर प्रधानमन्त्रीले संसद्को अपमान गरे: प्रभु साह
काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले जनताका सरोकारसँग जोडिएका प्रश्नको जवाफ नदिएर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को अपमान गरेको टिप्पणी गरेका छन् ।
आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै साहले आफूले चार दिन अघि नै दर्ता गरेको प्रश्नको उत्तर नदिएर प्रधानमन्त्री भागेको भन्दै प्रधानमन्त्रीले संसद्को अपमान गरेको र प्रश्नोत्तर भन्ने कार्यक्रमको धज्जी उठाएको टिप्पणी गरे ।
प्रधानमन्त्रीले आफ्नो प्रश्नमाथि गरेको टिप्पणीको नियमापत्ति गर्न खोज्दा सभामुखले बोल्नबाट रोकेको भन्दै उनले आपत्ति जनाए ।
त्यस्तै उनले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको औचित्य सकिएको तर्क गरे । प्रधानमन्त्रीमा देश चलाउँछु भन्ने मानसिकता नरहेको उनले बताए ।
यता संसद् भवनबाट बाहिरिने क्रममा प्रधानमन्त्री केपी ओलीले सांसदको प्रश्नको जवाफ किन नदिनुभएको भन्ने सञ्चारकर्मीको प्रश्नको कुनै प्रतिक्रिया नदिई हिँडेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण