बेलुन विस्फोटको २ दिनपछि पोखरा महानगरको आकस्मिक कार्यपालिका बैठक

पोखरा । पोखरा भ्रमण वर्षको औपचारिक उद्घाटन गर्ने क्रममा बेलुन विस्फोट भएर प्रमुख उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र मेयर धनराज आचार्य घाइते भए । उनीहरूको प्राथमिक उपचार गण्डकी अस्पतालमा गरेपछि थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल लगिएको छ ।
पौडेल डिस्चार्ज भइसकेका छन् भने मेयर आचार्यको उपचार चलिरहेको छ । बेलुन विस्फोटको २ दिनपछि पोखरा महानगरपालिकाले चाहिँ आकस्मिक कार्यपालिका बैठक डाकेर स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरेको छ । प्रवक्ता मोती तिमिल्सिनाका अनुसार सोमबार आकस्मिक बैठक बसेको हो ।
‘आकस्मिक कार्यपालिका बैठक ५ गते (आज) बसेको छ,’ उनले भने, ‘बैठकले फागुन ३ गते भएको घटनाबाट घाइते हुनुभएका दुवै जनाको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरेको छ ।’ उपमेयर मन्जुदेवी गुरुङको अध्यक्षतामा बैठक बसेको हो । अस्पताल स्रोतका अनुसार आचार्यको उपचार जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन