बेलुन विस्फोटको २ दिनपछि पोखरा महानगरको आकस्मिक कार्यपालिका बैठक
पोखरा । पोखरा भ्रमण वर्षको औपचारिक उद्घाटन गर्ने क्रममा बेलुन विस्फोट भएर प्रमुख उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र मेयर धनराज आचार्य घाइते भए । उनीहरूको प्राथमिक उपचार गण्डकी अस्पतालमा गरेपछि थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल लगिएको छ ।
पौडेल डिस्चार्ज भइसकेका छन् भने मेयर आचार्यको उपचार चलिरहेको छ । बेलुन विस्फोटको २ दिनपछि पोखरा महानगरपालिकाले चाहिँ आकस्मिक कार्यपालिका बैठक डाकेर स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरेको छ । प्रवक्ता मोती तिमिल्सिनाका अनुसार सोमबार आकस्मिक बैठक बसेको हो ।
‘आकस्मिक कार्यपालिका बैठक ५ गते (आज) बसेको छ,’ उनले भने, ‘बैठकले फागुन ३ गते भएको घटनाबाट घाइते हुनुभएका दुवै जनाको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरेको छ ।’ उपमेयर मन्जुदेवी गुरुङको अध्यक्षतामा बैठक बसेको हो । अस्पताल स्रोतका अनुसार आचार्यको उपचार जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्यसँग जवाफ माग्न पुगेका युवालाई निर्ममतापूर्वक कुट्नु लज्जास्पदः गगन थापा
-
विवेक मण्डल भेन्टिलेटरमा, अवस्था गम्भीर
-
अनुहारमा चोट लागेका माजिद अन्सारीलाई थप उपचारका लागि शिक्षण अस्पताल लगियो
-
उपाधि दाबेदार इंग्ल्याण्डलाई रोक्न सक्ला त ‘डार्क हर्स’ नर्वेले ?
-
गणेश नेपालीको आत्मदाह राज्यसंरक्षित हत्या होः समाजवादी कम्युनिस्ट पार्टी
-
एमएस्सी गरेका विवेकले किन रोजे गलत बाटो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण