पूर्वराजा शाहले भने– नेपालको उन्नतिका लागि हामीले के त्याग गर्नुपर्ने हो, हामी तयार छौँ
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको उन्नतिका लागि आफूहरूले के त्याग गर्नुपर्ने हो त्यसका लागि तयार रहेको बताएका छन् । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा एक भिडिओ मन्तव्य जारी गर्दै उनले देशको वर्तमान अवस्थाप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
‘राष्ट्र रक्षाको निम्ति सबैको अनुशासन र इमानदार प्रयत्न हुनुपर्छ । हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ । अब नेपालको उन्नतिका लागि हामीबाट अरू के–के त्याग गर्नुपर्ने हो, हामी तयार छौँ’,उनले भने, ‘राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्छौं ।’
पूर्वराजा शाहले देशका लागि आफ्नो समर्पण र निष्ठा सदैव रहने बताए । राष्ट्रको हितका लागि आफूले त्याग गरेको भन्दै उनले त्यागलाई कमजोरी नसम्झिन आग्रह गरे । उनले भने, ‘राष्ट्रको हितमा हामीले उदारता राख्दै आयौँ । हामीले जनताको भलो होस् भनेर आफ्नो ओहदा र सुखसुविधालाई पनि त्याग गरेका हौँ । त्यागले कसैको कद सानो हुने होइन । त्यस्तो भावलाई कसैले पनि कमजोरी ठान्नुहुँदैन । कतै कुनै पन र पक्ष नगरी सबैलाई समेटेर जाने हाम्रो अभिलाषा हो । हाम्रो त्यागको अर्थ र आशय पनि त्यही नै हो ।’
पूर्वराजा शाहले प्रजातन्त्र आशा जगाउने प्रणाली रहेको भन्दै तीन दशकयताको स्थिति यस्तो नरहेको उल्लेख गरे । व्यवस्था बदलियो भन्नेहरूले अवस्था राम्ररी बदल्न नसक्नु दुःखद कुरा रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा राजा चाहियो भन्ने को हुन्, ती के चाहन्छन् ?
-
सङ्घ सरकारको पत्र गण्डकी पुग्यो, मुख्यमन्त्री पाण्डेले सुरु गरे छलफल
-
निर्देशन समितिले महाधिवेशन गर्ने जिम्मा लिएमात्रै कांग्रेसले भ्रातृसंस्थाको म्याद थप्ने
-
दरमखोला हाइड्रो इनर्जी कम्पनीलाई आईपीओ निष्कासनको अनुमति
-
यातायात व्यवसायी र प्रहरीबिच तनाव (तस्बिरहरू)
-
उच्च बार पोखरामा राजनीतिक सहमति, अध्यक्षमा डीएलएको एकल उम्मेदवारी