भारतको मध्य प्रदेशमा प्रहरीसँगको मुठभेडमा ३ नक्सलवादी मारिए
नयाँदिल्ली । मध्य भारतीय राज्य मध्य प्रदेशमा बुधबार अर्धसैनिक बलसँगको भीषण गोली हानाहानमा तीन महिला नक्सलको मृत्यु भएको प्रहरीले जनाएको छ । मध्य प्रदेशको राजधानी भोपालबाट करिब ४८० किलोमिटर पूर्वमा बालाघाट जिल्लाको गढी क्षेत्रको सुपखारको जङ्गलमा नक्सल र अर्धसैनिक बलको संयुक्त दस्ताबीच गोली हानाहान भएको हो ।
‘आज प्रहरी टोलीले गढी प्रहरी चौकी क्षेत्र अन्तर्गत पर्ने सुपखार वन दायरामा खोजी अभियान सुरु गर्यो । यस क्रममा उक्त क्षेत्रमा उपस्थित प्रहरी टोली र नक्सलीहरू बीच गोली हानाहान भयो,’ एक प्रहरी अधिकारीले भने ।
गोलाबारीमा केही नक्सलवादीहरू घाइते भए पनि भाग्न सफल भएको रिपोर्टहरूले जनाएका छन् । प्रहरीले मारिएका नक्सलवादीहरूबाट तीनवटा असल्ट राइफल र केही गोलाबारुद बरामद गरेको दाबी गरेको छ ।
गत हप्ता, नजिकैको छत्तीसगढ राज्यमा सरकारी सेनासँगको भीषण भिडन्तमा ३१ नक्सलवादी र दुई प्रहरीको मृत्यु भएको थियो । हाल, नक्सलहरू भारतको मध्य र पूर्वी भागहरूमा सक्रिय छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण