दिल्लीको मुख्यमन्त्रीमा महिला, रेखा गुप्ता बनिन् दलको नेता
नयाँदिल्ली । भारतीय जनता पार्टीले बुधबार साँझ दिल्ली व्यवस्थापिका दलको नेतामा रेखा गुप्तालाई चयन गरेको छ । यससँगै अब उनी नै दिल्लीको नयाँ मुख्यमन्त्री हुनेछिन्।
दिल्ली विधानसभा चुनावमा भाजपा २७ वर्षको लामो अन्तरालपछि कुल ७० सिटमध्ये ४८ सिट जितेर सत्तामा फर्किएको थियो। दिल्ली विधानसभा चुनावको नतिजा फेब्रुअरी ८ मा घोषणा भएदेखि नै मुख्यमन्त्रीको लागि धेरै नामहरूको अनुमान गरिएको थियो।
भारतीय जनता पार्टीको संसदीय बोर्डले दिल्ली राज्यमा पार्टी व्यवस्थापिका दलको नेताको चुनावको लागि सांसद तथा पूर्व केन्द्रीय मन्त्री रविशंकर प्रसाद र भाजपा राष्ट्रिय सचिव ओपी धनकरलाई केन्द्रीय पर्यवेक्षकको रूपमा नियुक्त गरेको थियो।
व्यवस्थापिका दलको नेतामा निर्वाचित भएपछि रेखा गुप्ताले भनिन्, ‘यहाँ मलाई आशीर्वाद दिनुहुने सबैलाई धेरै धेरै धन्यवाद। मेरा सबै साथी विधायकहरूले आफ्नो समर्थन दिएर मलाई यो जिम्मेवारी दिनुभएको छ। म तपाईंहरू सबैलाई हृदयदेखि नै धन्यवाद दिन्छु।’
उनी अब महिला मुख्यमन्त्रीको रुपमा दिल्लीको नेतृत्वमा हुनेछिन् । यसैबिच आम आदमी पार्टीका नेता अरबिन्द केजीवालले दिल्लीको विकासका लागि नयाँ मुख्यमन्त्रीलाई पूर्ण समर्थन गर्ने बताएका छन्।
अरविन्द केजरीवालले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘रेखा गुप्ता जीलाई धेरै धेरै बधाई छ। मलाई आशा छ कि उहाँले दिल्लीका जनतालाई गरेका सबै वाचाहरू पूरा गर्नुहुनेछ। हामी दिल्लीका जनताको विकास र कल्याणको लागि हरेक काममा उहाँलाई सहयोग गर्नेछौँ।’
५० वर्षीया रेखाले बिहीबार रामलीला मैदानमा मुख्यमन्त्रीको शपथ लिने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण