नो केबलकार समूहद्वारा इन्सेक र रेडक्रसका प्रतिनिधिमाथि आक्रमण !
विराटनगर । पाथीभरा मुकुमलुङ क्षेत्रमा भएको झडपमा उद्धारका लागि गएका इन्सेक र रेडक्रसका प्रतिनिधिलाई नो केबलकार समूहका कार्यकर्ताले आक्रमण गरेका छन् ।
फुङलिङ नगरपालिका–९ र १० स्थित काफ्लेपाटी क्षेत्रमा नो केबलकार समूहका कार्यकर्ताले इन्सेक प्रतिनिधि एलिना दियाली, नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङका जिल्ला सभापति इन्द्र गुरुङ र उद्योग वाणिज्य संघ ताप्लेजुङका सभापति कमल लिम्बू सवार गाडीमा तोडफोड गरेका हुन् ।
आन्दोलनकारीले अधिकारकर्मी सवार मे१ज २५७९ को गाडी तोडफोड गर्दा गाडीको सबै सिसामा क्षति पुगेको छ ।
आन्दोलनकारीको आक्रमणबाट अधिकारकर्मीहरूले प्रयोग गरेको गाडीका सवारी चालक फुङलिङ नगरपालिका–९ का ३५ वर्षीय राजकुमार पौडेल शक्त घाइते भएका छन् । पौडेलको उद्धार गरी थप उपचारका लागि जिल्ला अस्पताल पठाइएको इन्सेक प्रतिनिधि एलिना दियालीले बताइन् । आन्दोलनकारीले फुङलिङ नगरपालिका–९ का कमल लिम्बूमाथि पनि आक्रमण गरेका छन् ।
केबलकार निर्माणको विरोध गर्दै आएका मुकुम्लुङ संरक्षण समितिका कार्यकर्ता र सुरक्षाकर्मीबिच बिहीबार दिउँसो काफ्ले पार्टी क्षेत्रमा झडप भएको हो । झडपका क्रममा सशस्त्र प्रहरी, नेपाल प्रहरी र आन्दोलनकारी एक दर्जनभन्दा बढी घाइते भएका छन् । घाइतेहरूको उद्धार गरी जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गाडीमा तोडफोड भएपछि काफ्लेपाटी क्षेत्रमा यातायात बन्द आह्वान गरिएको यातायात व्यवसायी संघका अध्यक्ष कुमार लिम्बूले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
-
ट्रम्पको घोषणापछि विश्वभरका बजारमा हरियाली : एसिया-प्रशान्त क्षेत्रका सेयर बजारमा उछाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण