वडाका नागरिकलाई रोजगारी दिन ‘जब फेयर’

पोखरा । पोखरा महानगरपालिकाको १३ नम्बर वडा कार्यालयले आफ्ना नागरिकलाई जागिरको अवसर दिलाउन जब फेयर गर्ने भएको छ । वडामा रहेका बेरोजगार नागरिकलाई रोजगारीको खोजी गर्न सहज हुने उद्देश्यले जब फेयर गर्न लागिएको हो । ‘शैक्षिक बेरोजगारीको दर बढ्दो छ । वडामा पनि त्यो समस्या छ । विद्यार्थीहरू उच्च शिक्षा लिने बित्तिकै विदेशको तयारी गर्छन्,’ वडाध्यक्ष किरण बरालले भने, ‘कमसेकम नेपालमा भएका युवाहरूलाई रोजगारी दिन सकियो भने युवा देशमै रहन्छन् ।’
फागुन २० गते हुने जब फेयरको अवसरमा शैक्षिक प्रदर्शनी पनि आयोजना गर्न लागिएको उनले जानकारी दिए । वडामा रहेका विद्यार्थीहरूको प्रतिभा खोजी र प्रबद्र्धनका लागि शैक्षिक मेला गर्न लागिएको उनको भनाई छ । जब फेयरमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका कम्पनीहरूको ८ वटा स्टल रहनेछ । कम्पनीले आफूलाई चाहिने कर्मचारीको टिपोट गरेर लैजानेछ भने आवश्यकता अनुसार रोजगारी दिने प्रतिबद्धता जनाएको छ ।
‘अध्ययन गरेर घरमै बसिरहेका युवाहरूले रोजगारीका अवसर पाउने छन् । वडाको पहलमा हामीले पहिलो पटक यस्तो कार्यक्रम आयोजना गरेका हौँ,’ वडाध्यक्ष बराल भन्छन्, ‘जति रोजगारी पाएपनि वडाको लागि राम्रो हुन्छ । रोजगारीको खोजी गर्दै भौँतारिएका युवाहरूले घरमै रोजगारदाता भेट्न पाउँछन् ।’
यता, शैक्षिक मेलाको छुट्टै १५ वटा स्टल हुने वडाले जनाएको छ । यसमा विज्ञान र शैक्षिक प्रदर्शनी गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म