वडाका नागरिकलाई रोजगारी दिन ‘जब फेयर’
पोखरा । पोखरा महानगरपालिकाको १३ नम्बर वडा कार्यालयले आफ्ना नागरिकलाई जागिरको अवसर दिलाउन जब फेयर गर्ने भएको छ । वडामा रहेका बेरोजगार नागरिकलाई रोजगारीको खोजी गर्न सहज हुने उद्देश्यले जब फेयर गर्न लागिएको हो । ‘शैक्षिक बेरोजगारीको दर बढ्दो छ । वडामा पनि त्यो समस्या छ । विद्यार्थीहरू उच्च शिक्षा लिने बित्तिकै विदेशको तयारी गर्छन्,’ वडाध्यक्ष किरण बरालले भने, ‘कमसेकम नेपालमा भएका युवाहरूलाई रोजगारी दिन सकियो भने युवा देशमै रहन्छन् ।’
फागुन २० गते हुने जब फेयरको अवसरमा शैक्षिक प्रदर्शनी पनि आयोजना गर्न लागिएको उनले जानकारी दिए । वडामा रहेका विद्यार्थीहरूको प्रतिभा खोजी र प्रबद्र्धनका लागि शैक्षिक मेला गर्न लागिएको उनको भनाई छ । जब फेयरमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका कम्पनीहरूको ८ वटा स्टल रहनेछ । कम्पनीले आफूलाई चाहिने कर्मचारीको टिपोट गरेर लैजानेछ भने आवश्यकता अनुसार रोजगारी दिने प्रतिबद्धता जनाएको छ ।
‘अध्ययन गरेर घरमै बसिरहेका युवाहरूले रोजगारीका अवसर पाउने छन् । वडाको पहलमा हामीले पहिलो पटक यस्तो कार्यक्रम आयोजना गरेका हौँ,’ वडाध्यक्ष बराल भन्छन्, ‘जति रोजगारी पाएपनि वडाको लागि राम्रो हुन्छ । रोजगारीको खोजी गर्दै भौँतारिएका युवाहरूले घरमै रोजगारदाता भेट्न पाउँछन् ।’
यता, शैक्षिक मेलाको छुट्टै १५ वटा स्टल हुने वडाले जनाएको छ । यसमा विज्ञान र शैक्षिक प्रदर्शनी गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्यसँग जवाफ माग्न पुगेका युवालाई निर्ममतापूर्वक कुट्नु लज्जास्पदः गगन थापा
-
विवेक मण्डल भेन्टिलेटरमा, अवस्था गम्भीर
-
अनुहारमा चोट लागेका माजिद अन्सारीलाई थप उपचारका लागि शिक्षण अस्पताल लगियो
-
उपाधि दाबेदार इंग्ल्याण्डलाई रोक्न सक्ला त ‘डार्क हर्स’ नर्वेले ?
-
गणेश नेपालीको आत्मदाह राज्यसंरक्षित हत्या होः समाजवादी कम्युनिस्ट पार्टी
-
एमएस्सी गरेका विवेकले किन रोजे गलत बाटो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण