आमा र दुई बच्चाको शव फिर्ता गरेपछि हमासबारे यस्तो भन्छ इजरायली सेना

तेल अभिभ । हमासले बिहीबार बन्ध बनाएर गाजा लगिएको तर मृत्यु भइसकेका चार जना बन्धकको शव इजरायल फिर्ता गर्यो । यीमध्ये एउटा शव शिरी बिबासको भएको दाबी गरिएको थियो ।
तर इजरायली सेनाले उक्त शव इजरायली बन्धक शिरी बिबासको नभएको बताएको छ । ७ अक्टोबर २०२३ मा हमासले ३३ वर्षीया शिरी बिबासलाई उनका दुई छोराहरू ४ वर्षका एरियल र ९ महिनाका काफिरलाई दक्षिण इजरायलस्थित उनीहरूको घर किबुत्ज निर ओजबाट बन्धक बनाएर लगेको थियो ।
यिनीहरूको मृत्युको खबरले इजरायलमा क्रोध र शोकको लहर फैलिएको छ । इजरायल रक्षा बल (आईडीएफ)ले बिबासको परिवारलाई २ बालको शव पहिचान भइसकेको जानकारी दिएको छ । तर तेस्रो शव ती बालकका आमा शिरी बिबासको थिएन । आईडीएफले बाँकी बन्धकहरूसँगै शिरी बिबासको शव पनि फिर्ता गर्न माग गरेको छ तर इजरायलको यस दाबीमा हमासले अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।
‘पहिचान प्रक्रियाको क्रममा अतिरिक्त शव प्राप्त भएको छ त्यो शव शिरी बिबासको थिएन, र त्यो शवको पहिचान कुनै पनि बन्धकसँग मेल खाँदैन,’ आईडीएफले माइक्रो ब्लगिङ वेबसाइट एक्समा लेखेको छ ।
शवको पहिचान हुन नसकेको र यो अज्ञात भएको बताइएको छ । गुप्तचर र फोरेन्सिक अनुसन्धान अनुसार २०२३ को नोभेम्बरमै दुवै बालबालिकालाई आतंककारीहरूले क्रूरतापूर्वक मारेका थिए । तर, हमासले भन दुई बालक र तिनका आमाको मृत्यु इजरायली बमबारीबाट भएको भनेको थियो ।
हमासले शिरी, एरियल र काफिरलाई बन्धक बनाउँदा शिरी लगभग ३२ वर्षकी थिइन् । त्यतिबेला एरियलको उमेर ४ वर्ष थियो भने काफिर ९ महिनाका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुम्लामा हिमानी र हृदयेन्द्रद्वारा सिँचाइ पोखरीको उद्घाटन
-
‘लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा उल्लेख्य सुधार’
-
इन्द्रसरोवरमा पानीको सतह घट्दै
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक, के गर्ला निर्णय ?
-
राष्ट्रिय सङ्गीत तथा नाट्य उत्सव–२०८२ आयोजना हुने
-
विद्यालय शिक्षा विधेयक अन्योल : किन भइरहेको छ ढिलाइ ?