आमा र दुई बच्चाको शव फिर्ता गरेपछि हमासबारे यस्तो भन्छ इजरायली सेना
तेल अभिभ । हमासले बिहीबार बन्ध बनाएर गाजा लगिएको तर मृत्यु भइसकेका चार जना बन्धकको शव इजरायल फिर्ता गर्यो । यीमध्ये एउटा शव शिरी बिबासको भएको दाबी गरिएको थियो ।
तर इजरायली सेनाले उक्त शव इजरायली बन्धक शिरी बिबासको नभएको बताएको छ । ७ अक्टोबर २०२३ मा हमासले ३३ वर्षीया शिरी बिबासलाई उनका दुई छोराहरू ४ वर्षका एरियल र ९ महिनाका काफिरलाई दक्षिण इजरायलस्थित उनीहरूको घर किबुत्ज निर ओजबाट बन्धक बनाएर लगेको थियो ।
यिनीहरूको मृत्युको खबरले इजरायलमा क्रोध र शोकको लहर फैलिएको छ । इजरायल रक्षा बल (आईडीएफ)ले बिबासको परिवारलाई २ बालको शव पहिचान भइसकेको जानकारी दिएको छ । तर तेस्रो शव ती बालकका आमा शिरी बिबासको थिएन । आईडीएफले बाँकी बन्धकहरूसँगै शिरी बिबासको शव पनि फिर्ता गर्न माग गरेको छ तर इजरायलको यस दाबीमा हमासले अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।
‘पहिचान प्रक्रियाको क्रममा अतिरिक्त शव प्राप्त भएको छ त्यो शव शिरी बिबासको थिएन, र त्यो शवको पहिचान कुनै पनि बन्धकसँग मेल खाँदैन,’ आईडीएफले माइक्रो ब्लगिङ वेबसाइट एक्समा लेखेको छ ।
शवको पहिचान हुन नसकेको र यो अज्ञात भएको बताइएको छ । गुप्तचर र फोरेन्सिक अनुसन्धान अनुसार २०२३ को नोभेम्बरमै दुवै बालबालिकालाई आतंककारीहरूले क्रूरतापूर्वक मारेका थिए । तर, हमासले भन दुई बालक र तिनका आमाको मृत्यु इजरायली बमबारीबाट भएको भनेको थियो ।
हमासले शिरी, एरियल र काफिरलाई बन्धक बनाउँदा शिरी लगभग ३२ वर्षकी थिइन् । त्यतिबेला एरियलको उमेर ४ वर्ष थियो भने काफिर ९ महिनाका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण