फिल्म ‘११: ५५’ को पहिलो गीत ‘रोक्ने छैन’ सार्वजनिक
काठमाडौँ । केशव पाण्डेको डेव्यु निर्देशनमा निर्माण भएको फिल्म ‘११:५५’ (डु नट ट्रस्ट एनिवन) को पहिलो गीत सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक गीत ‘रोक्ने छैन’ मा अल्मोडा राणा उप्रेतीको शब्द, सङ्गीत र स्वर छ । सुमन परियारको पनि स्वर रहेको गीतलाई अल्मोडा आफैँले एरेञ्ज गरेका हुन् ।
कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ र डेव्यु अभिनेता सागर खनाल फिचर्ड छन् । फिल्ममा एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारीको पनि अभिनय छ । क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्मको लेखनमा डेव्यु निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीले साथ दिएका छन् ।
अलल्मोडा राना उप्रेतीको सङ्गीत, देव महर्जनको द्वन्द्व निर्देशन, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउन्ड डिजाइन तथा मिक्सिङ, प्रद्युमन मिश्रको डीओपी, रामशरण उप्रेतीको सिनेमाटोग्रफी, पासाङ दावा शेर्पाको सम्पादन र सुवास राज काफ्ले फिल्ममा प्रोडक्सन डिजाइनरको रूपमा रहेका छन् ।
विचित्र फिल्मस् र गुड जब आर्ट्सको ब्यानरमा निर्माण भएको सिनेमामा श्याम शर्मा र सरोजा शर्माको लगानी छ । सिनेमाका कार्यकारी निर्माता एमएस अग्रज हुन् । फिल्मलाई कुवेर सिने डिष्ट्रीब्युसन प्रालिले वितरण गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘किसान र माटोसँग घुलमिल नभई नयाँ नवप्रवर्तन सम्भव छैन’
-
आयोगका सिफारिस कार्यान्वयन नगर्नु मानवअधिकार हनन् हो : थापा
-
इरानसँगको सम्झौता अन्त्य भएको ट्रम्पको घोषणालगत्तै चुलियो कच्चा तेलको भाउ
-
कर्मचारीतन्त्र जनप्रतिनिधिको गतिमा चल्न सकेन : सांसदहरू
-
उदयपुरमा प्राधिकरणका कर्मचारीको मृत्यु
-
इरानलाई क्यान्सरसँग तुलना गर्दै ट्रम्पले भने– अब एमओयू सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण