शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

दोस्रो स्थानको आर्सनललाई घरेलु मैदानमै झट्का

आइतबार, ११ फागुन २०८१, ०४ : ०५
आइतबार, ११ फागुन २०८१

काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा दोस्रो स्थानको आर्सनल घरेलु मैदान मै हारेको छ । शनिबार राती भएको खेलमा आर्सनल वेष्ट ह्याम युनाइटेडसँग १-० ले हारेको हो । 

वेष्ट ह्यामका लागि जारोड बोवेनले निर्णायक गोल गरे । उनले पहिलो हाफअघि ४४ औं मनेटमा गोल गरेका हुन् । त्यसपछि दुबै टोलीबाट कुनै गोल हुन सकेन । ७३ औं मिनेटमा आर्सलनका माइल्स लुइस स्केलीलाई भीएआरले रातोकार्ड भिडाइदिएपछि आर्सनल झन् अफ्ठयारोमा पर्‍यो । 

यो हारले आर्सनललाई घाटा लागेको छ । शीर्ष स्थानको लिभरपुलसँग अंक दुरी कम गर्ने योजनामा धक्का लागेको हो । समाान २६ खेलबाट लिभरपुलको ६१ अंक हुँदा आर्सनलको ५३ अंक छ । आर्सनलको हारसंख्या समेत बढेर ३ पुगेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप