पर्सामा अनलाइन जुवा खेलाउने एक जना भारतीय पक्राउ, अदालतबाट ५ दिनको म्याद थप
सोमबार, १२ फागुन २०८१, ०० : ४३
वीरगन्ज । पर्सा प्रहरीले अनलाइन जुवा खेलाउने एक भारतीयलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा छापा हान्दा प्रहरीले (सट्टेवाजी) अनलाइन जुवा खेलाउने भारत विहार मोतिहारी थाना ढाका ग्राम देवपुर बस्ने रविशंकर ठाकुरलाई पक्राउ गरेको हो ।
पर्सा प्रहरी प्रवक्ता सुबास भट्टका अनुसार महानगरको मुर्लीमा घर भाडामा लिएर अनलाइन जुवा खेलाइरहेको सूचना प्रहरीलाई आएको थियो र सोही सूचनाका आधारमा छापा हान्दा ठाकुर पक्राउ परेका हुन् ।
नियन्त्रणमा लिइएका ठाकुरको साथबाट प्रहरीले विभिन्न कम्पनीका ९ थान ल्यापटप, ल्यापटप चार्जर, राउटर, हेडफोन, पेनड्राइभ, माउससहितका सामानहरु बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका ठाकुरमाथि थप अनुसन्धान गर्न अदालतबाट ५ दिनको म्याद थप गरिएको पर्सा प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण