आफू र परिवारलाई धम्की आएपछि कमेडियन सजन श्रेष्ठले दिए प्रहरीमा उजुरी
काठमाडौँ । आफूसहित परिवार असुरक्षित भएको भन्दै कमेडियन सजन श्रेष्ठले प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् । उनले आइतबार यसबारे उजुरी दिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।
रिदय ताम्राकार नामक फेसबुक ह्याण्डलबाट आफूलाई धम्की दिनुका साथै दिदीहरूलाई समेत बलात्कारसम्मको धम्की दिएको सजनले जनाएका छन् । सामाजिक सञ्जालबाट प्रहरीमा दिएको निवेदन सार्वजनिक गर्दै उनले दोषीलाई विद्युतीय कारोबार ऐनको दफा ४७ अन्तर्गत कारबाही गर्न माग समेत गरेका छन् ।
फागुन ४ गते एक भिडियो फेसबुकमा अपलोड गरेको र त्यसको एक दिनपछि रिदय ताम्राकार नामक फेसबुक प्रोफाइलले आफ्नो परिवारको फोटो राखेर सो पोस्टमा आफू र आफ्नो परिवारलाई धम्काएको उनको आरोप छ ।
गतसाता सजनसहित कमेडियनहरू उत्सव सापकोटा र सुजन जिम्बा र पडकास्ट चलाउने सुशान्त प्रधान लगायतविरुद्ध गायक कुमा सागरलाई गिज्याएको आरोपमा काठमाडौँ प्रहरी परिसरमा उजुरी परेको थियो ।
यो विवादमा सजनले भिडियोबाट माफी मागिसकेका छन् । तर पनि उनलाई धम्की आइरहेकाे छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘किसान र माटोसँग घुलमिल नभई नयाँ नवप्रवर्तन सम्भव छैन’
-
आयोगका सिफारिस कार्यान्वयन नगर्नु मानवअधिकार हनन् हो : थापा
-
इरानसँगको सम्झौता अन्त्य भएको ट्रम्पको घोषणालगत्तै चुलियो कच्चा तेलको भाउ
-
कर्मचारीतन्त्र जनप्रतिनिधिको गतिमा चल्न सकेन : सांसदहरू
-
उदयपुरमा प्राधिकरणका कर्मचारीको मृत्यु
-
इरानलाई क्यान्सरसँग तुलना गर्दै ट्रम्पले भने– अब एमओयू सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण