सडक कालोपत्र गर्न ठेक्का सम्झौता भएको समय सकियो, काम सुरु भएन
म्याग्दी । म्याग्दीको प्रवेशद्वारमा रहेको बेनी नगरपालिका–८ कालीपुल बसपार्क क्षेत्रको सडक कालोपत्र गर्न ठेक्का सम्झौता भएको समय सकिए पनि अझै काम सुरु भएको छैन ।
चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर सडक, बेनी–जोमसोम–कोरला सडक योजनाले पर्वत हुँदै म्याग्दी प्रवेश गर्ने मोटरेबल पुलदेखि बगरफाँट जोड्ने झोलुङ्गेसम्म पाँच सय मिटर सडकलाई ११ मिटर चौडाइका दरले अक्सफाल्ट प्रविधिको कालोपत्र गर्न बेनीको सक्षम ब्रर्दश प्रालिले ठेक्का लिएको थियो ।
रु ९२ लाख ४१ हजारमा २०८१ भदौ १४ गते उक्त कम्पनीसँग भएको सम्झौताको अवधि गत माघ मसान्तमा सकिए पनि कालोपत्र नगरेपछि जरिवाना तिराउन थालिएको योजना प्रमुख धु्रवकुमार झाले बताए ।
सम्झौतालगत्तै कार्यस्थलमा आएको निर्माण कम्पनीले पुरानो कालोपत्र भत्काएर बेस र सबबेस राख्ने र गत महिना बिटुमिन बिछ्याएको थियो । उक्त कम्पनीको कालोपत्र गर्ने उपकरण नभएको र अरुका उपकरणमा निर्भर पर्दा ढिलाइ भएको हो ।
उपकरण जुटाउन नसकेर निर्माण कम्पनीले जिल्ला भित्रने मुख्य नाकामा रहेको सडक कालोपत्रमा ढिलाइ गर्दा स्थानीयवासीलाई धुलोले सास्ती हुनुका साथै समग्र जिल्लाकै बारेमा नकारात्मक सन्देश प्रवाह भएको बेनी–नगरपालिका–८ का वडाध्यक्ष उत्तमकुमार कर्माचार्यले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मिस्टर महानगर’ को उपाधि सगेन्द्रलाई
-
लुम्बिनीको बजेट सोमबार आउने
-
बागमतीको अर्थतन्त्र २४ खर्ब भन्दा बढी, राष्ट्रिय अर्थतन्त्रमा ३६.७ प्रतिशत हिस्सा
-
बर्दियाको नवदुर्गा सामुदायिक वनमा ५०० बाँसका बिरुवा रोपिए
-
रोमानियामा एड्रियन भेस्टिया नयाँ प्रधानमन्त्रीमा मनाेनीत
-
पाकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर, १०० भन्दा बढी लाभान्वित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण