फूलपातीमा अशोक शर्माको ‘डबल ट्रिपल’
काठमाडौँ । अभिनेता एवं निर्देशक अशोक शर्माको चलचित्र ‘डबल ट्रिपल’ आगामी दसैँको फूलपातीको दिन रिलिज हुने भएको छ । दयाहाङ राई, खगेन्द्र लामिछाने, मिरुना मगर, केकी अधिकारी, राजा राम पौडेल, रामप्रसाद खनाल, विल्सन विक्रम राई, उदय सुब्बा, सुरवीर पण्डित, बुद्धि तामाङ, माओत्से गुरुङ लगायतका लोकप्रिय कलाकारहरूको अभिनय रहनेछ ।
किरण शर्मा पौड्याल, कृति शर्मा, अङ्कित शर्माको निर्माण, अशोक शर्माको निर्देशनमा बन्न लागेको यो चलचित्र डबल ट्रिपल आगामी दसैँको फूलपातीको दिन स्वदेश विदेशमा एकसाथ रिलिज हुनेछ ।
अशोक शर्मा र राजेश सिटौलाको कथा पटकथा, सम्भुजीत बास्कोटाको सङ्गीत रहने उक्त चलचित्रमा मनोज पण्डित स्क्रिप्ट डक्टर, शान बस्न्यात संवाद, आलोक शुक्ला सिनेमाटोग्राफर, नगेन्द्र घिमिरे प्रोडक्सन, राजु किराँती द्वन्द्व, सुनिल छेत्री कोरियो ग्राफर, ट्राइडेन्ट कन्सेप्ट पब्लिसिटिमा रहेकाे छ ।
कलाकारहरू सहित अफिसियल एनाउन्समेन्ट गर्ने तयारी भइरहेको यो चलचित्र अब केही दिन पछि नै शुभ मुहूर्त गरेर छायाङ्कन गर्न थालिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलेसियाको आन्तरिक पर्यटक ११ दशमलव पाँच प्रतिशतले वृद्धि
-
जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व सङ्कलन
-
लगातार दोस्रो पटक विश्वकप जित्ने दाउमा रहेको अर्जेन्टिनालाई अल्जेरियाको चुनौती
-
‘नेपाली चियामाथि भारतको अवरोध प्राविधिक मात्र होइन कूटनीतिक हो, सरकारले वार्ता गरोस्’
-
माइतीघरमा छताछुल्ल न्यायका याचना : फरक कथा, एउटै व्यथा
-
नेपाल–डेनमार्क द्विपक्षीय संयन्त्रको तेस्रो बैठक सम्पन्न, सन् २०२७ मा कूटनीतिक सम्बन्धको ६०औँ वर्षगाँठ मनाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण