राप्रपाको युवा संगठनद्वारा विरोध प्रदर्शन, रामहरि खतिवडाको पुत्ला दहन
काठमाडौँ । राप्रपाको भ्रातृ संगठन प्रजातान्त्रिक युवा संगठनले बुधबार विरोध प्रदर्शन गरेको छ । गणतन्त्रको विरोध राजसंस्थाको पक्षमा संगठनले राँके जुलुससहित साँझ सुकेधाराबाट चाबहिलसम्म प्रदर्शन गरेको हो ।
सो क्रममा राजतन्त्रको पक्षमा चर्को नाराबाजी गरिएको थियो । यस्तै कांग्रेस नेता रामहरि खतिवडाले दिएको अभिव्यक्तिको समेत सो विरोध गर्दै उनको पुत्ला समेत जलाइएको थियो ।
खतिवडाले केही दिनअघि ‘हामी राजालाई बम हान्ने पार्टीका कायकर्ता हौँ’ भन्दै अभिव्यक्ति दिएका थिए । यस्तो अभिव्यक्ति दिएर खतिवडाले पूर्वराजालाई धम्क्याउने काम गरेको केन्द्रीय आन्दोलन परिचालन समितिका सदस्य राजु लोहनीले आरोप लगाए ।
उनले पूर्वराजालाई जिस्क्याउने काम बन्द चेतावनी दिँदै नवीन समझदारीबाट राजालाई पनि ठाउँ खाली गरिनुपर्ने धारणा राखे । उनले चैतका लागि राप्रपाले आन्दोलनको बिगुल फुकिसकेको भन्दै अहिलेको व्यवस्था विफल भएकाले राजतन्त्रको विकल्प नभएको तर्क गरे ।
यस्तै युवक संगठनका सदस्य सचिव नीराजन बमले राजा फर्काउनुको विकल्प नभएको बताए । कार्यक्रममा लोहनी र बमसहितका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
-
काठमाडौँले अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिभलको आयोजना गर्ने
-
रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण