सन्तुलित पोषणलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
काठमाडौँ । नेपालमा सन्तुलित पोषणलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिइएको छ । बिहीबार विश्व प्रोटिन दिवस २०२५ को अवसरमा ‘मानव स्वास्थ्यमा प्रोटिनको भूमिका’ विषयक कार्यक्रममा सन्तुलित पोषणलाई प्रवर्द्धन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका हुन् ।
प्रोटिनयुक्त आहारको महत्वबारे जनचेतना अभिवृद्धि गर्दै सन्तुलित पोषणलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण छ ।
कार्यक्रमका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा सन्तुलित पोषणको आवश्यकता र प्रोटिनयुक्त आहारको महत्वबारे प्रकाश पारेका छन् ।
डा. अशेष भट्टराईले नेपालको कुखुरा उद्योगले प्रोटिन अभाव हटाउनमा योगदान दिएको बताए । त्यस्तै, चरायु अस्पताल तथा नेपाल डायटिसियन एसोसिएसनकी उपाध्यक्ष रडायटिसियन रश्मि बजिमाया श्रेष्ठले मानव स्वास्थ्यमा प्रोटिनको भूमिका महत्त्वपूर्ण रहेको बताइन् ।
कार्यक्रम राइट टु प्रोटिन नेपाल, नेपाल फिड इन्डस्ट्रीज एसोसिएसन, नेपाल ह्याचरी एसोसिएसन, नेपाल लेयर्स पोल्ट्री फार्मर्स एसोसिएसन, पशुपन्छी औषधी व्यवसायी संघ नेपाल र युसेकले आयोजना गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
-
आयोजना निर्देशकलाई प्रश्न : सुकुमबासीलाई होल्डिङ सेन्टर छोड्न ५ दिने अल्टिमेटम किन दिएको ?
-
‘प्रदेश मन्त्री निवासमा छापा मार्ने प्रहरीमाथि कारबाही प्रक्रिया सुरु’
-
इजरायलले स्टारलिङ्कको उपकरण इरानमा तस्करी गरेको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण