उचालिएकै भरमा निर्णय गर्न नहुने दृष्टान्त युक्रेन घटनाले सिकायो : उपमहासचिव ज्ञवाली
मोरङ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपाललाई कुनै मुलुकविरुद्ध प्रयोग हुन दिन नहुने बताएका छन् ।
शनिबार विराटनगरमा एमाले मोरङको १० औँ जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले आफूहरू चीन र भारत दुवै छिमेकीसँग समान सम्बन्ध राख्ने कुरामा स्पष्ट रहेको बताउँदै नेपाललाई कुनै मुलुक विरुद्ध प्रयोग हुन दिन नहुने बताएका हुन् ।
उपमहासचिव ज्ञवालीले प्रत्येक मुलुकले उचालिएकै भरमा निर्णय गर्न नहुने दृष्टान्त युक्रेन घटनाले प्रस्तुत गरेको जिकिर गरे । युक्रेन विवाद र शक्ति राष्ट्रहरू बिचको द्वन्द्वले विकासोन्मुख र साना राष्ट्रहरूलाई सार्वभौमिकता र अखण्डता जोगाउन समस्या पर्ने गरेको दृष्टान्त प्रस्तुत गरेको उनले बताए ।
अधिवेशनलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एमाले माथि चौतर्फी आक्रमण भइरहेकाले आन्तरिक प्रतिस्पर्धा भन्दा पनि एकताबद्ध भएर अघि बढ्नुको विकल्प नभएको धारणा राखे । उनले एमालेको स्थापनाकाल देखि नै महत्त्वपूर्ण जिल्ला भएकाले मोरङले सर्वसम्मत नेतृत्व चयन गरेर अन्यका लागि प्रेरणाको स्रोत बन्नुपर्ने उल्लेख गरे ।
तीन दिन सम्म आयोजना हुने सो अधिवेशनमा ९ सय १४ जना प्रतिनिधिहरूको सहभागिता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा एन्फा निलम्बित
-
रोनाल्डो र मेस्सीले अझै तोड्न नसकेको त्यो कीर्तिमान
-
डिभिजन वन कार्यालय रौतहटका प्रमुखको सरुवा कार्यान्वयन गर्न चुरे अभियानको माग
-
विश्वकपका खेल हेरेर ५० हजार डलर कमाउने दुई भाग्यमानी फुटबल फ्यान
-
मेक्सिको–चेक गणतन्त्र र दक्षिण अफ्रिका–दक्षिण कोरियाबिचको पहिलो हाफ गोलरहित
-
एलन मस्कले गुमाए 'ट्रिलियनेयर' को हैसियत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण