युवा खेलाडी पुरुषोत्तमले जिते बुद्धिचाल उपाधि
काठमाडौँ । माउण्ट एभरेष्ट चेस एण्ड सोसियल क्लबको आयोजनामा सम्पन्न गोकर्णेश्वर नगर मेयर कप खुला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि नेपालका उदीयमान युवा खेलाडी पुरुषोत्तम सिलवालले जितेका छन् ।
प्रतियोगितामा अपराजित रहँदै उनले उपाधि चुमेका हुन् । पुरुषोत्तमले नौ चरणको क्लासिकल खेलमा सात जीत र दुई बराबरीबाट आठ अंक जोडे । गत महिना सम्पन्न २५ औँ राष्ट्रिय प्रतियोगितामा दोस्रो भएका १९३७ रेटेड पुरुषोत्तमले अन्तिम तिन चरणको खेलमा भारतीय खेलाडीहरुलाई निरीह बनाउँदै उपाधि चुमेका हुन् ।
१९ वर्षीय युवा खेलाडी पुरुषोत्तमले उपाधि जित्ने क्रममा आफ्नो ब्यक्तिगत ८८ फिडे रेटिङसमेत बढाउन सफल भए । उनले उपाधिसँगै ५१ हजार रुपैयाँ नगद पुरस्कार पनि पाए । एफएम क्षितिज भण्डारी दोस्रो भए । उनले २५ हजार रुपैयाँ पुरस्कार पाए ।
भारतका मज इकबाल समान सात अंकसहित प्रोग्रेसिभ ४७ प्वाइन्ट जोडेर तेस्रो भए । उनले १६ हजार रुपैयाँ पुरस्कार पाए । नेपालका सीएम सजिन महर्जनले चौथो हुँदै आठ हजार रुपैयाँ प्राप्त गरे । राजन पुरी पाँचौँ भए । भारतका आशुतोषकुमार छैटौँ स्थानमा रहे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण