साउन १ गतेदेखि सबै प्रदेशले सवारी लाइसेन्सको छपाई गर्ने
काठमाडौँ । २०८२ साउन १ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सबै प्रदेशबाट छपाई हुने भएको छ । यातायात व्यवस्था विभागले हालसम्म छपाई गर्न बाँकी सवारी चालक अनुमतिपत्रको छपाई गर्ने छ । आगामी वैशाख १ देखि भने विभागले प्रदेशलाई छपाईको काम हस्तान्तरण गर्दै जाने छ । साउन १ गते सम्ममा सबै प्रदेशमा सवारी चालक अनुमति पत्रको छपाई गर्ने गरी व्यवस्था गर्ने निर्णय भएको हो ।
मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सातै प्रदेशका यातायात सम्बद्ध मन्त्री र सचिवसहितको विषयगत समितिको बैठकले सो निर्णय गरेको हो । सबै प्रदेशबाट जारी हुने सवारी चालक अनुमतिपत्रमा एकरुपताका लागि यातायात व्यवस्था विभागले चालक अनुमति पत्रको ढाँचा समेत तयार पारेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा भएको बैठकले राईड शेयरीङ्लाई व्यवस्थित गर्न र प्रदेशहरूबिच नीतिगत समन्वय गरी एकरुपता गर्न प्रदेश सरकारको सहभागीतमा संघीय सरकारले नीतिगत व्यवस्था गर्ने र सम्बन्धित प्रदेशले लागु गर्ने निर्णय गरेको छ ।
यसैगरी यातायात क्षेत्रमा हुने भुक्तानी प्रणालीलाई विद्युतीय बनाउने र आगामी चैत मसान्तभित्र सबै प्रदेशबाट विद्युतीय भुक्तानी प्रणाली सुरु गर्ने निर्णय भएको छ । प्रारम्भमा विद्युतीय सवारी चालक अनुमति पत्र–‘ईडीएल’ मा यो लागु हुने र क्रमशः भुक्तानीका सबै क्षेत्रमा लागु गर्ने निर्णय भएको हो ।
बैठकले अघिल्लो बैठकका निर्णयहरूको समीक्षा गरेको थियो भने पछिल्लो बैठकका निर्णय कार्यान्वयनको पनि नियमित समीक्षा हुने जनाइएको छ । सवारी चालक अनुमतिपत्र छपाई प्रदेशबाटै गर्नुका साथै ईम्बोष्ड नम्बर जडानलाई तीव्रता दिन समेत प्रदेशका मन्त्री तथा सचिवहरूले प्रतिबद्धता जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण