घोराहीमा कर वृद्धि गरेपछि अभियानकर्मी आन्दोलित
मङ्गलबार, २० फागुन २०८१, २० : ५२
बुटवल । घोराही उपमहानगरपालिकाले कर वृद्धि गरेपछि अभियानकर्मी आन्दोलित भएका छन् ।
जग्गा मालपोत र व्यावसायिक कर वृद्धि विरुद्ध दाङको घोराही उपमहानगरपालिकाकै परिसरमा विरोध सुरु भएको छ । शान्तिपूर्ण धर्ना कार्यक्रम बिहान ११ देखि ३ बजेसम्म चल्लेको सामाजिक अभियन्ता प्रदीप मज्गैयाले बताए । सो धर्नामा ऐक्यबद्धता जनाउन नागरिक समाज दाङका संयोजक निमबहादुर थापा, सचिव नारायण श्रेष्ठ, पूर्व अध्यक्ष चन्द्रराज पन्त, पूर्व सचिव लक्ष्मी आचार्य, कांग्रेस नेता भुपबहादुर डागिसहित विभिन्न क्षेत्रका अगुवाहरू उपस्थित रहेका थिए ।
घोराही उपमहानगरले गरेको १ सय ३७ प्रतिशत मालपोत कर वृद्धि तथा फोहर व्यवस्थापनको निजीकरण विरुद्ध ‘हाम्रो दाङ हाम्रो जिम्मेवारी अभियान’ले शान्तिपूर्ण धर्ना कार्यक्रमको आयोजना गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले १० वर्षको कृषि अनुदान छानबिन गर्ने
-
किन एकाएक सुस्तायो मनसुन ? एल निनोभन्दा बाहिरका कारण पनि जिम्मेवार
-
राष्ट्रिय सभाबाट ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश, २०८३’ स्वीकृत
-
हस्तकलामा ललितपुर महानगर : अब ‘मेड इन क्राफ्ट सिटी ललितपुर’ लोगो
-
अमेरिका–इजरायल सम्बन्धमा पटक–पटक देखिएका दरार, सहयोग भने यथावत्
-
राष्ट्रिय सभाबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’ स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण