शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

सम्पदाको संरक्षणका लागि ललितपुरमा ‘जिआईएस’ र ’क्युआर कोड’ प्रणाली लागू गरिने

शुक्रबार, ०५ असार २०८३, १६ : ३३
शुक्रबार, ०५ असार २०८३

काठमाडौँ । ललितपुर महानगरपालिकाले आफ्ना ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाहरूको अभिलेखीकरण र संरक्षणका लागि आधुनिक प्रविधिको प्रयोग गर्ने भएको छ । 

महानगरको आगामी आर्थिक वर्ष २०८३८४ को नीति तथा कार्यक्रमअनुसार पुनर्निर्माण वा जीर्णोद्धार गरिएका सम्पदाहरूको अद्यावधिक तथ्याङ्कसहित ‘वेब–बेस्ड जिआईएस डिजिटल इन्भेन्टरी’  तयार गरिनेछ ।

यस प्रणालीमार्फत प्रत्येक सम्पदामा क्युआर कोड राखिने र सर्वसाधारणले सहजै मोबाइलमार्फत ती सम्पदाहरूको इतिहास र विस्तृत जानकारी प्राप्त गर्न सक्ने व्यवस्था मिलाइने महानगरले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप